सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगरका २५० विपन्न नागरिकले पाए स्वास्थ्य बिमाको परिचयपत्र


  •    न्युजभित्तो/२४ पुष २०७९, आईतवार १५:५५ 
  • चितवन,२४ पुस । रत्ननगर नगरपालिका वडा नं–३ को आयोजनामा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिचयपत्र वितरण गरिएको छ । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले २५० विपन्न नागरिकलाई परिचय वितरण गरेका हुन् । उनले निःशुल्क स्वास्थ्य बिमा फागुन १ गतेदेखि लागू हुने बताए । उनले चुनावी अभियानमा घोषणा गरेको प्रतिबद्धताअनुरुप वडा नं–३ बाट परिचयपत्र वितरणको थालनी गरिएको बताए ।

    नगरपालिकाले कोही पनि स्वास्थ्य उपचारबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले तीन हजार ५०० विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको र छुटेका नागरिकको हकमा वडाका स्वास्थ्य केन्द्रले समन्वय गर्ने जानकारी दिए ।

    नगरप्रमुख सापकोटाले विपन्न नागरिकले रत्ननगर बकुलहर अस्पतालबाट स्वास्थ्य बिमाको लाभ लिन सक्ने र उपचार गराउन नसक्ने विपन्न नागरिकलाई अझै सहज बनाउन थप ३० लाख रुपैयाँको स्वास्थ्य उपचार अक्षयकोष स्थापना गरिएको बताए । नगरपालिकाले शिक्षामा छात्रवृत्ति र कृषिमा अनुदान दिएको बताउँदै आफ्नो अधिकार प्राप्त गर्नका लागि हरेकले चासो राख्नुपर्ने बताए । ‘जुनसुकै नगरवासीको पीरमर्का समाधानका लागि मेयरको कार्यालय खुला छ’, उनले भने, ‘नगरपालिकामा आएर प्रत्यक्ष भेटेर आफ्नो समस्या र सुझाव राख्न सक्नुहुनेछ ।’

    रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले सञ्चालन गरेको कार्यक्रममा रत्ननगर–३ का सदस्य एवम् निःशुल्क स्वास्थ्य बिमा संयोजक शिव खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वडाध्यक्ष खरेलले नागरिकले बाँच्न पाउने अधिकारबाट बञ्चित हुनुनपरोस् भन्ने उद्देश्यले स्वास्थ्य बिमाका लागि एक करोड रुपैयाँको बजेट छुट्याइएको र सोहीअनुरुप १६ वटै वडामा विपन्न तथा सुकुमबासी नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम थालनी गरिएको बताए । यस्तै, सामूहिक खेतीका लागि पनि ५० लाख रुपैयाँको बजेट छुट्याइएकोले विपन्न किसानले यसबाट लाभ लिन आग्रह गरे ।

    कार्यक्रममा वडा नं ३ का स्वास्थ्य केन्द्र प्रमुख निर्दोषी घिमिरे, वडा सदस्यहरु देवी सुनार, ईश्वर जमरकट्टेल, बैशाखनी थरुनीलगायत महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । परिचयपत्र वितरण कार्यक्रम रत्ननगर नगरपालिका–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलको अध्यक्षतामा भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.