सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका पत्रकारहरुको कालिका नगरपालिकाद्वारा १० लाखको दुर्घटना बिमा


  •    न्युजभित्तो/१८ पुष २०७९, सोमबार १६:१८ 
  • चितवन,१८ पुस । चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुको १० लाखको दुर्घटना बिमा गर्ने भएको छ ।
    नगरपालिका र महासंघबीच दुर्घटना बीमासम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर गरिएको छ । नगरप्रमुख विनोद रेग्मी र महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिकाले पत्रकार सामूहिक दुर्घटना बिमा कार्यविधि–२०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर आज महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा बिमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यविधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिए ।

    कार्यविधिमा बिमाका लागि नगरप्रमुख संयोजक रहने गरी समिति निर्माण गरिएको छ । महासंघका अध्यक्ष समेत समितिमा रहने गरी कार्यविधि बनाइएको नगरप्रमुख रेग्मीले बताए । आज सम्झौता भएसँगै पत्रकारहरुको बिमा प्रक्रिया अघि बढ्ने र केही दिन भित्रै महासंघका सदस्यहरुको बिमा हुने रेग्मीले बताए । उनले भने, ‘यसबाट पत्रकार र पत्रकारका परिवार लाभान्वित हुने छन् ।’

    कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस् भन्ने आफ्नो चाहना रहेको भन्दै नगरप्रमुख रेग्मीले भइ परी आउने दुर्घटनाबाट राहतका लागि बिमा कार्यक्रम गर्न लागिएको बताए । कालिका नगरपालिकाले यसअघि गत आर्थिक वर्षमा पत्रकारको सात लाखको दुर्घटना बिमा गराएको थियो । अघिल्लो वर्ष तीन लाख रुपैयाँको दुर्घटना बिमा गरिएको थियो ।

    नगरपालिकाले कार्यविधि नै बनाएर आगामी दिनमा पत्रकारहरुको १० लाख रुपैयाँको दुर्घटना बिमा गर्न लागेको हो । यो बिमाअन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको पत्रकारको परिवारलाई १० लाख र घाइते हुने पत्रकारको उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बिमा गरिनेछ ।

    नगरपालिकाका उपप्रमुख विमला तामाङले नगरपालिका र महासंघका बीचमा संस्थागत रुपमा यो कार्यक्रमसँगै सहकार्य भएको बताइन् । महासंघका अध्यक्ष अधिकारीले हाल महासंघमा २७६ पत्रकार रहेकोमा अन्यत्र दुर्घटना बिमा भएकालाई घटाएर बाँकी सबैको बिमा गरिने बताए । संस्थागत रुपमा नगरपालिकासँग सम्झौता गर्न पाएकोमा खुसी प्रकट गर्दै अध्यक्ष अधिकारीले यसबाट पत्रकार र परिवार लाभान्वित हुने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.