सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका पत्रकारको १० लाखको दुर्घटना बीमा गर्न कालिका नगरपालिकासँग सम्झौता


  •    न्युजभित्तो/१८ पुष २०७९, सोमबार १३:२३ 
  • चितवन, १८ पुस । कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यको रु १० लाखको दुर्घटना बिमा गर्ने भएको छ । नगरपालिका र महासंघ बीच दुर्घटना बीमा सम्बन्धी आज एक कार्यक्रमका बीच सम्झौता भएको हो ।

    नगरपालिकाका प्रमुख बिनोद रेग्मी र महासंघका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यबिधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेपछि महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यबिधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।

    कार्यबिधिमा बीमाका लागि नगरप्रमुख संयोजक भएको समिति रहेको छ । महासंघका अध्यक्ष समेत समितिमा रहने गरी कार्यबिधि बनाईएको छ । आज सम्झौता भएसँगै प्रक्रिया अघि बढ्ने र केही दिन भित्रै महासंघका सदस्यहरुको बीमा हुने रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो “यसबाट पत्रकार र परिवार लाभान्वित हुने छन् ।” कसैको पनि दुर्घटना नहोस् र लाभान्बित हुन नपरोस् भन्ने आफ्नो चाहना रहेको भन्दै उहाँले भैपरि आउने दुर्घटना पछि राहतका लागि बीमा कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

    कालिका नगरपालिकाले यस अघि गत आर्थिक वर्षमा पत्रकारको रु ७ लाखको दुर्घटना बीमा गराएको थियो । त्यस अघिल्लो वर्ष रु ३ लाखको दुर्घटना बीमा गरिएको थियो । अबका वर्षहरुमा कार्यबिधिनै बनाएर रु १० लाखको दुर्घटना बीमा गर्न लागिएको हो । यो बीमा अन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको परिवारलाई रु १० लाख र घाईते हुनेको उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बीमा गरिने छ ।

    नगरपालिकाका उपप्रमुख बिमला तामाङ्ले नगरपालिका र महासंघका बीचमा संस्थागत रुपमा यो कार्यक्रमसँगै सहकार्य भएको बताउनुभयो । महासंघका अध्यक्ष अधिकारीले हाल महासंघमा २७६ पत्रकार रहेकोमा अन्यत्र दुर्घटना बीमा भएकालाई घटाएर बाँकी सबैको बीमा गरिने बताउनुभयो । संस्थागत रुपमा नगरपालिकासँग सम्झौता गर्न पाएकोमा खुशी प्रकट गर्दै उहाँले यसबाट पत्रकार र परिवार लाभान्वित हुने बताउनुभयो ।

    कार्यक्रममा पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष एवं सल्लाहकार राधेश्याम खतिवडा, पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरु, नगरपालिकाका वडा अध्यक्षहरु, र कर्मचारीहरुको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.