सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सञ्चालनमा आयो नेपाल-भारत जोड्ने ६ लेनको पुल


  •    न्युजभित्तो/१८ पुष २०७९, सोमबार ११:४९ 
  • काँकडभिट्टा,१८ पुस । पूर्वीनाका काँकडभिट्टाको मेची नदीमा डेढ वर्षअघि निर्मित छ लेनको ‘मितेरी पुल’। आइतबारदेखि सञ्चालनमा आएको उक्त पुल पाँच सय ७५ मिटर लामो छ। तस्बिरस् चन्द्रकला भण्डारीरराससपूर्वीनाका काँकडभिट्टाको मेची नदीमा डेढ वर्षअघि निर्मित छ लेनको ‘मितेरी पुल’। आइतबारदेखि सञ्चालनमा आएको उक्त पुल पाँच सय ७५ मिटर लामो छ। एसियाली राजमार्गअन्तर्गत पूर्वीनाका काँकडभिट्टाको अन्तर्राष्ट्रिय सीमामा निर्मित ६ लेनको नयाँ पुल आइतबारदेखि सञ्चालन भएको छ। काँकडभिट्टाबाट भारत पश्चिम बङ्गालको पानीटङ्की नाकासँग जोड्ने मेची नदीमा निर्माण गरिएको ‘मितेरी पुल’का रूपमा परिचित नयाँ पुल पाँच सय ७५ मिटर लामो रहेको छ।

    डेढ वर्षअघि नै निर्माण कार्य सम्पन्न भए पनि यो पुल सञ्चालनमा आएको थिएन। एसियाली मुलुकहरूलाई सडक यातायातको सञ्जालमा जोड्ने परियोजनाअन्तर्गत नेपालतर्फ एसियाली राजमार्गमा यही एउटा पुल र पाँच सय मिटरको पहुँच मार्ग मात्र निर्माण भएको छ।

    मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरूले आइतबार दिउँसो १ बजे आ-आफ्नो मुलुकको झन्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर एसियाली राजमार्गको पुल सञ्चालनको संयुक्त सुरूआत गरेका थिए।

    नेपालतर्फबाट मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक र भारतका तर्फबाट नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त लहाछिरिङ शेर्पाले पुलको संयुक्त सुरूआत गरेका हुन्।

    २०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले पुल निर्माणको सम्झौता गरेका थिए। भारत सरकारले निर्माण गरेको यस पुलको आधा भाग नेपाली सीमाभित्र पर्दछ।

    एसिया उपक्षेत्रीय आर्थिक सहयोग-सडक सञ्जाल परियोजनाअन्तर्गत एसियाली विकास बैंकको भारू एक अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो। निर्माणका क्रममा पुलको पश्चिमी भागमा पाँच सय मिटर एप्रोच सडक बनाउँदा त्यहाँ बसोबास गरेका ४३ परिवारलाई रु तीन करोड ३७ लाख मुआब्जा नेपाल सरकारले प्रदान गरेको थियो।

    नयाँ पुल फराकिलो र सुविधाजनक भएको हुँदा पूर्वीनाका हुँदै गरिने व्यापार सहज बन्ने मेची भन्सार कार्यालयका प्रमुख पाठकले बताए। उनका अनुसार नयाँ पुलबाट सबै प्रकारका यातायातका साधनलाई आवागमनको अनुमति दिइएको छ। दक्षिणतर्फ रहेको पुरानो पुलबाट तीन चक्के टेम्पो, रिक्सा, मोटरसाइकल र साइकललाई प्रवेश दिइने भएको छ।

    नेपालले पूर्वीनाका काँकडभिट्टाबाट भारत र बङ्गलादेशको बन्दरगाहसम्म व्यापार सञ्चालन गर्दै आएको छ भने यो नाकाबाट बङ्गलादेशको बङ्गलाबन्ध र च्याङ्ग्राबन्ध सीमानाका करिब ५० किलोमिटरभन्दा कम सडक दूरीमा रहेको छ।

    उक्त पुल सञ्चालनका लागि निरन्तर द्विपक्षीय बैठक भएका थिए। तर भारतीय पक्षले नै सुरक्षा संवेदनशीलता देखाएर पुल सञ्चालनमा ढिलाइ गरेको हो। नयाँ पुल सञ्चालनमा नआउँदा पुरानो पुलमा यातायात र पैदल यात्रीको खेपिनसक्नु चाप थियो। यसबाट दुवै देशका नागरिक र व्यवसायीहरूलाई नाका पार गर्न सास्ती थियो।

    मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले नयाँ पुल पूर्णरुपमा सञ्चालनमा आएपछि नाकाको अस्तव्यस्तता हट्ने र यात्रीलाई सहज हुने विश्वास व्यक्त गरे। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.