सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्ड प्रधानमन्त्री पदका लागि हामीतिर आउनुभएको हो, नपाएपछि उतातिर लाग्नुभयो: राजेश्वर खनाल


  •    न्युजभित्तो/१४ पुष २०७९, बिहीबार १६:२२ 
  • चितवन,१४ पुस ।  नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदका लागि गठबन्धन तोडेको बताएका छन् । आज बिहीबार नारायणी अनलाइनसँग कुरा गर्दै सभापति खनालले प्रचण्डले प्रधानमन्त्री पदको लागि कांग्रेसको गठबन्धनमा आएको र नपाएपछि एमालेतिर लागेको बताएका हुन् । उनले भने, ‘ प्रधानमन्त्री पद नपाएपछि उहाँले गठबन्धन छाड्नुहुन्छ भन्ने पहिल्यै जानकारी थियो । यसबारेमा समयमा नै विचार नपु¥याउँदा प्रचण्ड प्रधानमन्त्री बन्न गठबन्धन छाडेर जानुभयो ।’ सभापति खनालले अहिलेको संसदको संरचना नै गठबन्धन गर्ने खालको बनेको भन्दै जोकोही गठबन्धन गरेर सरकार चलाए पनि नागरिकले विकास र समृद्धिको प्रत्याभूति हुने गरी काम गर्नुपर्ने विचार राखे । उनले प्रचण्ड नेकपा एमालेका अध्यक्ष ओलीसँग मिल्नु नेकपा भाग–२ को पुन निर्माण जस्तो लागेको बताए ।

    समय थप्यो कांग्रेसले

    नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गर्नेहरूमाथि कारबाही सिफारिस गर्ने समय फेरि थप गरेको छ।

    कांग्रेस सचिव प्रेम केसीका अनुसार जिल्ला र प्रदेश अनुशासन समितिले कारबाही सिफारिस अब माघ १५ गतेसम्म केन्द्रमा पठाउन सक्छन् । गत मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधि सभा चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवारमाथि केही ठाउँमा पार्टीभित्रकै नेताहरूले अन्तर्घात गरेको आरोप लाग्ने गरेको छ ।

    कांग्रेस अनुशासन समितिमा अन्तर्घातबारेका सिफारिस आउने क्रम जारी छ । केही कार्यसमितिहरूबाट अन्तर्घात गर्नेहरूका विवरण पठाउन समय थप गरिदिन माग भएकोले माघ १५ गतेसम्मका लागि म्याद दिइएको केसी बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.