सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा घरजग्गाको कारोबार निरन्तर ओरालो लाग्दै


  •    न्युजभित्तो/१४ पुष २०७९, बिहीबार १६:०५ 
  • चितवन, १४ पुस। पछिल्लो एक वर्षयतादेखि चितवनमा घरजग्गा कारोबार सुस्ताएको छ । अहिले स्थानीय तहबाट जग्गा वर्गीकरणको काम भइरहेकाले नीतिगत अलमलले घरजग्गाको कारोबार सुस्ताएको हो ।

    २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ । स्थानीय तहले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन् ।

    बैँकको ब्याजदरमा भएको वृद्धि, कर्जा लगानीमा भएको सुस्तताले पनि घरजग्गा कारोबारमा प्रभाव पारेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई मंसिर २३ सम्ममा कृषि तथा गैर कृषि जग्गा छुट्याउन निर्देशन दिएको थियो । तर, चितवनका स्थानीय तहले त्यो काम प्रभावकारी ढंगले गर्न सकेनन् ।

    अहिलेसम्म देशभरका ९० पालिकाबाट मात्रै जग्गा वर्गीकरण गरेको जानकारी आएको भूमि व्यवस्था तथा अभिलेख विभागले बताएको छ । जग्गा कारोबार सुस्ताए पनि चितवनमा आंशिकरुपमा किनबेच भइरहेको छ । तर यो संख्या गत वर्षको तुलनामा भने न्यून हो ।

    त्यस्तै, चितवनमा साउनदेखि मंसिरसम्ममा एक हजार तीन सय आठ संख्यामा घरजग्गा कारोबार भएको छ । गत वर्ष सोही अवधिमा दुई हजार सात सय ९५ संख्यामा कारोबार भएको थियो । गत वर्ष चितवनको घरजग्गाको कारोबार झण्डै काठमाडौँ उपत्यका र पोखराको हाराहारीमा नै रहेको थियो । बैँकको ऋण तिर्न नसकेर समस्यामा परेका व्यक्तिहरुले धेरै सस्तो मूल्यमा घरजग्गा किनबेच गरिरहेको पश्चिम चितवनका जग्गा व्यवसायी गणेश गुरुङले नारायणी अनलाइनलाई बताए । चितवनका जग्गा व्यवसायीहरुको अनुसार चितवनमा ३० प्रतिशतसम्म घरजग्गाको मूल्यमा पनि गिरावट आएको छ ।

    घर जग्गा कारोबारको लागि सबैभन्दा बढी आकर्षण देखिएको जिल्ला मोरङ हो । सो जिल्लामा चालु आर्थिक वर्ष २०७९÷८० को साउनदेखि मंसिरसम्ममा एक हजार आठ सय २० संख्यामा घरजग्गा कारोबार भएको छ । गत वर्ष सोही अवधिमा चार हजार आठ सय ९७ संख्यामा घरजग्गा कारोबार भएको थियो।

    दोस्रोमा सबैभन्दा बढी कारोबार भएको जिल्ला हो–दाङ । यो जिल्लामा साउनदेखि मंसिरसम्ममा एक हजार एक सय ६१ संख्यामा घरजग्गा कारोबार भएको छ । गत वर्ष सोही अवधिमा यो जिल्लाबाट गत वर्ष यो जिल्लामा एक हजार ६ सय ७० संख्यामा घरजग्गा कारोबार भएको थियो।

    त्यस्तै, सुनसरीमा एक हजार छ सय १८ संख्यामा घरजग्गा कारोबार भएको छ । गत वर्ष तीन हजार पाँच सय ५२ संख्यामा घरजग्गा कारोबार भएको थियो ।

    बाँके पनि घरजग्गाको आकर्षक केन्द्रबिन्दु बनेको छ। यो जिल्लाबाट साउनदेखि मंसिरसम्ममा एक हजार तीन सय ८२ संख्यामा घरजग्गा कारोबार भएको छ । गत वर्ष सोही अवधिमा दुई हजार चार सय ५४ संख्यामा कारोबार भएको थियो । झापामा साउनदेखि मंसिरसम्ममा एक हजार दुई सय ७१ संख्यामा घरजग्गा कारोबार भएको छ । गत वर्ष सोही अवधिमा तीन हजार नौ सय १७ संख्यामा घरजग्गा कारोबार भएको छ । चितवन जिल्लाको साउनदेखि मंसिरसम्मको कारोबार हेर्दा मोरङ, दाङ, सुनसरी, बाँके भन्दा चितवन पछाडि देखिन्छ । झापा भन्दा मात्र चितवन तथ्यांकमा अगाडि छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.