सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडक र पुल अलपत्र पारेपछि माडीका युवाले टाँसे ‘ठेकेदार हराएको सूचना’


  •    न्युजभित्तो/१२ पुष २०७९, मंगलवार ११:११ 
  • चितवन,१२ पुस । माडी नगरपालिकाको मुख्य सडक स्तरोन्नतीको काम लामो समयदेखि अलपत्र परेपछि स्थानीयहरु आजित भएका छन् । सडकको धुलोले स्थानीय जनता रोगी भएका छन् भने सास्ती उस्तै पाएका छन् । सडक र पुल निर्माणको कामलाई अलपत्र पारेपछि माडीका युवाले ‘ठेकेदार हराएको सूचना’ टाँस्ने काम सुरु गरेका छन् । माडीको ७.७ किलोमिटर सडक स्तरोन्नत्ति गर्न २०७६ सालको पुसमा सम्झौता भएको थियो । ३३ करोड रूपैयाँ खर्च हुने सो काम गएको वैशाखमा सकिनु पर्ने सम्झौतामा उल्लेख छ । तर हालसम्म सडकको १० प्रतिशतका हाराहारीमा मात्रै काम भएको हुलाकी सडक आयोजना वीरगन्ज कार्यालयका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले बताए । निकुञ्ज आडबाट सडक गएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनका कामलगायतले गर्दा समयमा काम सक्न गाह्रो भएको निर्माण कम्पनी बज्रगुरू ढुकुचुका आधिकारिक प्रतिनिधि तुलसी घिमिरेले बताए ।

    लगभग एक वर्षयता काम ठप्प भएपछि आफूहरू दबाबमूलक अभियानमा लागेको समृद्धिका लागि युवा अभियान माडीका अभियन्ता विपिन पाठकले बताए । तत्कल काम सुरू नभए थप कार्यक्रम चलाउने सोही अभियानमा आबद्ध रामचन्द्र लम्सालले बताए ।

    माडी१ का पूर्व वडाध्यक्ष कृष्णप्रसाद पौडेलले निर्माणमा भएको ढिला सुस्तीले माडीको आर्थिक गतिविधिमा असर परेको बताए । माडीका खोलाहरूमा बन्दै गरेको पुलको काममा पनि ढिलासुस्ती भएको माडीका युवा हरि रानाभाटले बताए । अभियानमा आबद्ध रामबन्धु पोखरेलले निर्माण व्यवसायीले समयमा काम गरे माडीवासीले धन्यवाद भन्ने बताए ।

    हुलाकी राजमार्गको वीरगन्ज कार्यालयका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले सम्झौता गर्दा ७९ वैशाखमा काम सक्ने भने पनि पछि म्याद थप भएर आउँदो असारसम्म पुर्‍याएको बताए । निकुञ्जलाई रोयल्टी तिरे पनि खोलाबाट गिट्टी बालुवा झिक्न पाइएन भन्ने निवेदन निर्माण कम्पनीले कार्यालयमा दिएको इन्जिजियर मण्डलले बताए ।

    आउँदो पुस १७ मा बैठक राखेको र त्यसपछि काम सुरू हुने सम्भावना रहेको मण्डलको भनाइ छ । निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि तुलसी घिमिरेले पनि १७ गतेपछि काम सुरू गर्ने बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.