सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जेलरलाई शोभराजको आग्रह: मिडियालाई मेरो फोटो खिच्न नदिनू


  •    न्युजभित्तो/८ पुष २०७९, शुक्रबार १३:१७ 
  • काठमाडौं,८ पुस।  सिरियल किलर चार्ल्स शोभराजले आफूलाई मिडियाबाट टाढै राखिदिन केन्द्रीय कारागार प्रशासनलाई आग्रह गरेका छन् । फोटो पनि खिच्न नदिने र मिडियासँग कुराकानी पनि नगर्ने भन्दै उनले त्यसको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । उनलाई कारागार प्रशासनले आज अध्यागमन विभागमा उपस्थित गराउँदैछ । अध्यागमनले पासपोर्ट लगायतका कागजपत्र हेरेर उनकै देश फ्रान्स फर्काउने तयारी गरेको छ । नेपालमा १९ वर्षदेखि जेल सजाय भोगिरहेका शोभराजलाई गत बुधबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । साथै १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो ।

    तर शोभराजले फ्रान्सबाट आएका आफन्तहरु हायत होटेलमा रहेकाले आफूलाई केही दिन त्यहीँ बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा श्रृंखलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले ग्रिन कर्नर नोटिस जारी गरेको थियो ।

    शोभराजले २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको बताइन्छ । तर, उनले चाहिँ भक्तपुर घटनामा आफू संलग्न नरहेको बताउने गरेको उनका कानुनी सहयोगी गोपाल शिवाकोटी (चिन्तन) बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.