चितवनको गड्यौलीमा पिकअपको ठक्करले आठ वर्षिय बालकको मृत्यु
न्युजभित्तो/८ पुष २०७९, शुक्रबार ०९:०७
चितवन, ८ पुस । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. २ गड्यौलीस्थित पूर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करले अन्दाजी आठ वर्षिय बालकको मृत्यु भएको छ । भारत घर भई हाल राप्ती नगरपालिका वडा नं. २ गड्यौली बस्ने अब्दुल मसिनका छोरा महमद एकलासको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ः४५ बजेको समयमा पिकअपले बालकलाई ठक्कर दिएको थियो । घटनापछि घाईते बालकको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचारको क्रममा बिहान ८ः८ बजेको समयमा मृत्यु भएको हो । घटनापछि प्र २–०३–००१ च १७९२ नम्बरको महेन्द्र पिकअप र चालक बारा जितपुर ७ बस्ने २८ वर्षिय दीपेन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिएको न्यूजभित्तोलाई जानकारी दिएको छ ।