सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एउटै गाउँबाट पाँच करोडको सुन्तला बिक्री


  •    न्युजभित्तो/७ पुष २०७९, बिहीबार ११:२१ 
  • अर्घाखाँची, ७ पुस।  अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपैयाँको सुन्तला बिक्री भएको छ । जिल्लाको मुख्य सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिका—१ सिम्लेका पटौटी, निगाली देउराली, पोखराथोक लगायतका टोलबाट यसवर्ष सो रकम बरावरको सुन्तला बिक्री भएको हो । एउटा गाउँ सिम्लेबाट मात्रै पाँच करोडको सुन्तला व्यापारीले खरिद गरेका छन् । पाणिनी गाउँपालिका—१ सिम्ले गाउँका किसानले ३ लाखदेखि २८ लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । यहाँका ४९ घरका किसान व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । यहाँका कृषकले सुन्तला बेचेर जीवनस्तर सुधार गरेका छन् ।

    किसान रेवतीराज पौडेलले आफ्नो बारीमा ५ सय ५५ बोट सुन्तलाबाट २ सय ५० क्विन्टलभन्दा बढी सुन्तला फलेको बताए । यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख आम्दानी हुने उनले बताए । यहाँका किसानले सुन्तला बेचेर कम्तीमा ३ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्नेगरेको उनले बताए ।

    किसान दधिराम गौतमले बारीमा ५ सय ६५ बोट सुन्तलाबाट गत वर्ष ९ लाख रुपियाँ आम्दानी गरेको बताए । यस वर्ष सुन्तला बढी फलेकाले १४ लाख रुपियाँ आम्दानी हुने अपेक्षा गरेको बताए । विगतका वर्षमा यहाँ उत्पादन भएका सुन्तला प्रतिकेजी ६० रुपियाँदेखि ६५ रुपैयाँमा बुटवल, तानसेन र भैरहवाको बजारमा बिक्री गर्नेगरेको उनले जानकारी दिए । बजारमा अहिले १ सय रुपियाँदेखि १ सय ५० रुपैयाँसम्ममा सुन्तला बिक्री भइरहेको छ ।

    यस वर्ष पाणिनीको पोखराथोकमा शीत भण्डार बनाएपछि किसानले शीत भण्डारमा भण्डारण गरेका छन् । अहिले मौसमी रूपमा सस्तो मूल्यमा बेच्नुभन्दा शीत भण्डारमा अर्थात् कोल्ड स्टोरमा राखेर बैमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका किसान खुसी भएको अगुवा किसान चिरञ्जीवी पौडेलले बताए ।

    अर्घाखाँचीका किसानको घरमै पुगेर व्यापारीले सुन्तला खरिद गर्नेगरेका छन् । अर्घाखाँचीको सुन्तला पकेट क्षेत्रमा व्यापारीहरू ट्रक लिएर नै किसानको घरमा पुग्नेगरेका हुन् । व्यापारीहरू सुन्तला खरिद गर्न घरमै पुगेका छन् । यो खबर गोरखापत्रमा रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.