सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा आजदेखि बसपार्कमा अनिवार्य पार्किङ, हर्न निषेध


  •    न्युजभित्तो/७ पुष २०७९, बिहीबार ११:०४ 
  • भरतपुर, ७ पुस।  भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको व्यवस्थापन गर्ने भएको छ । बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको हो । एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न विभिन्न निर्णय गरी आजदेखि कार्यान्वनमा ल्याउने समझदारीसहित निर्णय गरेको थियो । उक्त निर्णयअनुसार पूर्वबाट काठमाडौँ–पोखरा जाने यात्रुबाहक बस, मिनी बस, माइक्रोलगायतका भाडाको सवारी साधनको पिक एण्ड ड्रप केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनुपर्नेछ । पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुबाहक सवारीको यात्रु पिक एण्ड ड्रप केन्द्रीय बसपार्कमा गरी चौबिसकोठी, लाइन्सचोक हुँदै पुलचोकबाट बाहिरिने व्यवस्था गरिएको छ । पश्चिम जाने यात्रुबाहक सवारी साधनले केन्द्रीय बर्स पार्कबाट पिक एण्ड ड्रप गरी जानुपर्ने नियम बनाइएको छ । यस्तै भरतपुर महानगरपालिका क्षेत्रको रिङरोडमा चल्ने म्याजिकको क्यु लिने र पार्किङ गर्ने स्थल नारायणगढ बसपार्क हुनेछ । भरतपुरबाट टाँडी, पर्सा, भण्डरा, लोथरसम्म जाने यात्रुबाहक बस र म्याजिकले क्यु लिने र पार्किङ केन्द्रीय बसपार्कमा गर्नुपर्ने व्यवस्था मिलाइएको छ । नारायणगढ बजारको पुलचोकबाट पोखरा बसपार्कतर्फ जाने ट्रक र लामो दूरीका बस प्रवेशमा निषेध गरिएको छ ।

    यस्तै काठमाडौँ पोखराबाट पूर्व वा पश्चिमतर्फ जाने यात्रुबाहक सवारी साधन ट्रक, लहरी, टिपरजस्ता मालबाहक सवारी साधनलाई आँपटारीबाट नारायणघाट बजारतर्फ जान निषेध गरिएको छ । महानगरको गोन्द्राङदेखि पुलचोक आँपटारीसम्मको बजार क्षेत्रमा हर्न बजाउन निषेध गरिएको छ । यस्तै नारायणगढ तथा भरतपुरमा रहेका राजमार्गको पेटी तथा सडकको दाँयाबायाँ भागमा निजी तथा भाडाका सवारी साधनलाई पार्किङमा निषेध गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुन्दर र सुसंस्कृति भरतपुर महानगरको परिकल्पना अनुसार सवारी साधनलाई व्यवस्थापन गर्न लागिएको बताउनुभयो । बाहिर छरिएर राखिने सवारी साधनका कारण सहरको सौन्दर्य बिग्रेका र आवागमनसमेत प्रभावित भएका कारण बजार र पार्किङ व्यवस्थापनको काम गर्न लागिएको जानकारी दिनुभयो । उहाँले सवै सरोकारवालाको सहभागितामा कडाइका साथ पहिलोपटक निर्णय भएको भन्दै कार्यान्वयन हुनेमा ढुक्क रहेको बताउनुभयो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले आजदेखि ट्रफिक व्यवस्थापनको काम परिवर्तन हुने भन्दै दुई बसपार्क पूर्णरुपमा सञ्चालनमा आउने बताउनुभयो । उहाँले पटक–पटक यातायात व्यवसायीसँग छलफल गरेर निर्णय कार्यान्वयनमा लैजान लागिएको भन्दै सबैलाई साथ दिन अनुरोध गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.