सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको पुल्चोक–गोन्द्राङ सडक खण्डका ५८ घरमा डोजर चल्दै


  •    न्युजभित्तो/६ पुष २०७९, बुधबार १४:५६ 
  • भरतपुर, ६ पुस । नारायणगढ–गोन्द्राङ सडक खण्डमा सडक अतिक्रमित गरी बनाईएका घरहरुमा डोजर चलाईने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउन लागेको हो । कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दा समेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको हो ।

    डिभिजन सडक कार्यालय भरतपुरका कार्यालय प्रमुख रमेशप्रसाद पौडेलका अनुसार पुल्चोकबाट भरतपुर बसपार्कसम्म ५८ वटा घरमा पहिलो चरणमा डोजर चलाईने छ । ती घरहरु १० सेन्टिमिटरदेखि १.५ मिटरसम्म भत्काउनु पर्ने देखिएको छ । घरका टप भत्काउनु पर्नेको संख्या एक सयभन्दा धेरै रहेको छ ।

    पौडेलका अनुसार आउँदो साताबाट घर भत्काउन थालिने छ । हेवि ईक्युमेन्ट डिभिजन कार्यालय हेटौंडाबाट एक्साभेटर मगाईदै छ । उहाँले भन्नुभयो “आज हामी प्रमुख जिल्ला अधिकारीसँग बसेर छलफल गरी आउँदो साताबाट घर टहरा भत्काउन शुरु गर्छाै ।” सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काईने उहाँले बताउनुभयो । यस अघि ३५ दिन र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेकोले डोजर चलाउनु परेको उहाँको भनाई छ ।

    उहाँले भन्नुभयो “यो सडकको नाक्सा ५० मिटर चौडाईमा बनेको छ, एक ईन्च पनि छोड्न मिल्दैन ।” सो सडक विस्तारको काम भईरहेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले डिभिजन सडक कार्यालयको काममा सहयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो “उहाँहरुले कहिलेबाट काम थाल्नुहुन्छ, आवश्यक सुरक्षा हामी दिन्छौं ।” भत्कने धेरै घर नारायणगढ बजार क्षेत्रका छन् । केही घरहरु भरतपुरको हाकिमचोक लगायतका क्षेत्रका रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.