सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको अरोमा कलेजका शिक्षकले सम्बेदनशिल अंगहरुमा छुने गरेको छात्राहरुको आरोप


  •    न्युजभित्तो/६ पुष २०७९, बुधबार १०:४३ 
  • चितवन,५ पुस।  भरतपुर महानगरपालिका–१० बालमन्दिर सडक स्थित अरोमा कलेजमा शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुव्र्यबहार भएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । कम्प्युटर ल्याबका आरोपित शिक्षकलाई कलेजले कारबाही नगरेको भन्दै आज (मंगलबार) विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । विद्यार्थीहरु कलेजभित्र कलेजको ब्यानर र आफूले लगाएको टाई बालेर प्रदर्शन गर्नुका साथै तोडफोडमा पनि उत्रिएका छन् । प्रदर्शनपछि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएको छ ।

    आरोपित शिक्षकले विद्यार्थीलाई कम्युटर सिकाउने बहानामा सम्बेदनशिल अंगहरुमा छुने गरेको कलेजकी छात्रा निलम मगरले बताइन् । कक्षा ११ मा अध्ययनरत मगरले भनिन्, ‘एकजना मात्र पीडित भएका होइनन् । कम्प्युटर कक्षा लिने धेरै छात्रा पीडित भएका छन् । नराम्रो तरिकाले सम्बेदनशिल अंगहरुमा छुने गरेको छ । फेसबुक म्यासेन्जरमा नराम्रो म्यासेज गर्ने गरेको पाइएको छ ।’

    मगरले बारम्बार कलेज प्रशासनलाई जानकारी गराउदा पनि कुनै कारबाही नभएपछि आन्दोलनमा उत्रिएको बताइन् । ‘कलेज प्रशासनलाई सुवेदीलाई कलेजबाट निस्कासन गरियोस् भन्ने माग गरेका थियौं । निकाला गर भन्दा प्रहरी प्रशासन लागेको छ,’ उनले भनिन् । सोही कलेजमा अध्यनरत शुसी तामाङले विद्यालयको सीसी क्यामेरामा कैद भएको प्रमाण कलेजले नष्ट गरेको आरोप लगाइन् ।

    आन्दोलित विद्यार्थीहरुले कलेजको प्रतिष्ठा खलबलिने डरले घटना दबाउन खोजेको आरोप लगाएका छन् । कलेजले न्याय दिन्छ भन्ने आशामा घटना भएको चार दिनसम्म आफूहरु चुपलागेर बसेको विद्यार्थीहरुको भनाइ छ । आरोमामा आफ्नो छोरा पढाउँदै आएका गैंडाकोटका रामचन्द्र भट्टराईले घटना एकदमै दुःखद् भएको गुनासो गरे । शिक्षकबाट नै विद्यार्थी जोगाउन गारो भएको दुःख व्यक्त गरे । भट्टराईले घटनाको सही अनुसन्धान गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राखे ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले यौन दुव्र्यवहार भएको बारेमा जानकारी आएको बताएका हुन् । उनले घटनाको अनुसन्धानको लागि आफूहरु कलेजमा नै खटिरहेको जानकारी दिए । उनले भने, ‘घटनाको बारेमा अनुसन्धान चलिरहेको छ । विद्यार्थीहरु आन्दोलित भएका छन् ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.