नारायणगढ–मुग्लिन सडक खण्डमा माईक्रो दुर्घटना हुँदा ६ जना घाईते
न्युजभित्तो/६ पुष २०७९, बुधबार ०९:०८
चितवन, ६ पुस । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको माईक्रोबस दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा आज बिहान ७ः५० बजेको समयमा बा २ ख २८२९ नम्बरको माईक्रोस बस आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा परी माईक्रो चालक रत्ननगर नगरपालिका वडा नं. १४ का ४१ वर्षिय भीम श्रेष्ठ, माडी नगरपालिका वडा नं. १ बस्ने ३१ वर्षिय सोविन्द्र महतो भरतपुर महानगरपालिका वडा नं. २ बस्ने ७९ वर्षिया सीताकुमारी सुनार घाईते भएका छन् । यस्तै भरतपुर १६ का २९ वर्षिय रोशन भुजेल, भरतपुर २९ का ३१ वर्षिय पूजा श्रेष्ठ, भरतपुर ११ का ४१ वर्षिय तिरु सुनार घाईते भएका छन् ।
घाईतेहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा पठाईएको प्रहरीले जनाएको छ । माईक्रोमा १७ जना सवार रहेका थिए ।