सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा सार्वजनिक स्थानका सिसी क्यामरा मर्मत नहुँदा प्रयोगविहीन


  •    न्युजभित्तो/५ पुष २०७९, मंगलवार १३:०५ 
  • चितवन,५ पुस ।  चितवनका सार्वजनिक स्थानमा जडान गरिएका आधाभन्दा बढी सिसिटिभी क्यामेरा प्रयोगविहीन भएका छन्। सुरक्षा व्यवस्थामासहयोग पुग्ने उद्देश्यले जडान गरिएका सिसिटिभी क्यामराले काम नगर्दा प्रयोगबिहीन बनेका हुन्। सिसिटिभी नचल्दा बजार क्षेत्र र सडक वरिपरी हुने चोरी, तोडफोड र सवारी दुर्घटना अनुसन्धानमा प्रहरीलाई समस्या हुने गरेको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार जिल्लामा ३७ वटा सिसी क्यामेरा जडान भएकोमा २० वटा क्यामरा बिग्रिएका छन्। जिल्लाका केन्द्रीय बसपार्क, हाकिमचोक, चौबीसकोठी, बीरेन्द्र क्याम्पसचोक, लायन्सचोक, सहिदचोक, पुलचोक, आँपटारी, मुग्लिङलगायत अन्य विभिन्न क्षेत्रमा ३७ वटा क्यामेरा जडान भएका छन्। त्यसमध्ये २० वटा क्यामेरा सञ्चालनमा छैनन्। क्यामेरा बिग्रेको महिनौँ हुँदा पनि मर्मत गरिएको छैन।

    “सञ्चालनमा रहेका १७ वटा क्यामेरा पनि राम्रो गुणस्तरका छैनन्। जसको कारण सडक दुर्घटनामा गाडीको नम्बर पत्ता लगाउन कठिन छ”, पण्डितले भने, “हामीले भरतपुर महानगरपालिकासँग समन्वय गरेर क्यामरा मर्मतको काम त समय समयमा गर्दै आएको छौँ।” भरतपुर महानगरपालिकाका शाखा अधिकृत झलक श्रेष्ठले महानगरले क्यामेरा जडानको निर्णय नगरेको तर बिग्रेको क्यामेरा मर्मत जिल्ला प्रहरीसँग समन्वय गरेर गर्दै आएको छ। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.