सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डा.अधिकारीद्धारा अर्जेन्टिनाको जितको खुसीमा ४ विद्यालयलाई खेल सामग्री सहयोग घोषणा


  •    न्युजभित्तो/५ पुष २०७९, मंगलवार १२:५१ 
  • चितवन,५ पुस ।  अर्जेन्टिनाले विश्वकप फुटबल जितेको खुसियालीमा अर्जेन्टिना फ्यान क्लब चितवनले दीप प्रज्ज्वलन गरेको छ । चितवनमा रहेका अर्जेन्टिनाका समर्थकहरुले सोमबार साँझ भरतपुरको चौबिसकोठीमा दीप प्रज्ज्वलन र केक काटेर खुसियाली मनाएका हुन् । कार्यक्रममा क्लबका सल्लाहकार एवं वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले चितवनका ४ वटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् । उनले सम्पूर्ण अर्जेन्टिनी समर्थकको प्रतिनिधित्व हुने भरतपुर महानरपालिका र माडी नगरपालिकाबाट २–२ विद्यालय छानेर कुल ४ वटा सामुदायिक विद्यालयलाई वर्षभरिलाई पुग्ने खेलसामग्री उपलब्ध गराउने घोषणा गरेका हुन्।

    “भरतपुर र माडीका २–२ विद्यालयलाई फुटबल खेलसँग सम्बन्धित खेल सामग्री एक वर्षभरिलाई दिइने छ”, चौबिसकोठीमा मेस्सीको जितको खुसियाली मनाउने क्रममा उनले भने– “फुटबलमा केही सम्भावना बोकेका विद्यालयको छनोट गरी सहयोग गरिने छ ।”

    यस क्षेत्रका चर्चित फिजिसियन डा। अधिकारी गत प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लडेका थिए । उनले चुनाव लडेको क्षेत्रमा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका १९ वडा पर्छन् । उनले मेस्सीको जीवनबाट ‘संघर्ष जारी राख्नू’ र ‘हार कहिल्यै नमान्नू’ भन्ने शिक्षा लिन सक्ने भन्दै फुटबलमार्फत देश चिनाउन सकिने सन्देश दिन लागेको बताए ।

    कार्यक्रममा उपस्थित नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजालले मेस्सीले विश्वकप जित्दा अर्बौँ फुटबलप्रेमी खुसी भएको बताए । उनले मेस्सीजस्तो फुटबलका जादूगरको खेल हेर्न पाउनु अहोभाग्य भएको भन्दै यसलाई मनोरञ्जनका रूपमा लिएको बताए ।

    फ्यान क्लबका अध्यक्ष नितेश रानाभाटले मेस्सी सर्वकालीन सर्वोत्कृष्ट खेलाडी हुन् कि होइनन् भन्ने विवाद अब सकिएको बताए । उनले मेस्सीको जीवनमा सबै उपाधि हात लागे पनि खड्किएको विश्वकपको अभाव पनि अब पूरा भएको बताए । सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिनालाई मेस्सीले ३६ वर्षपछि उपाधि जिताउन सफल भए । अर्जेन्टिनाले मेस्सीको प्रेरणादायी प्रदर्शनमा आइतबार राति भएको उपाधि भिडन्तमा साबिक विजेता फ्रान्सलाई पराजित गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.