सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न सुरु गर्यो क्यामेरा ट्यापिङ


  •    न्युजभित्तो/५ पुष २०७९, मंगलवार १२:४४ 
  • चितवन,५ पुस ।  चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्यापिङको काम सुरु गरेको छ । निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस २ गते भरतपुर महानगरपालिका वडा नं २८ अन्द्रौलीकी महिलालाई जङ्गली हात्तीले आक्रमण गरेपछि त्यस क्षेत्रमा क्यामेरा राखिएको हो । बाघ गणनामा प्रयोग गरिएको क्यामेरा ट्यापिङको काममा राखिएको हो । मेघौलीदेखि गोलाघाट क्षेत्रसम्म क्यामेरा ट्यापिङको काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले चार वटा क्यामेरा प्रयोग गरिएको छ । मेघौली उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने सो स्थानमा ध्रुवे हात्ती र एउटा बाघ रहेको सूचनाका आधारमा क्यामेरा ट्यापिङ्को काम सुरु गरिएको हो । बाघ घाइते अवस्थामा रहेको भन्ने सूचना र हात्तीसमेत सोही क्षेत्रमा रहेकाले तीनको अवस्था पहिचान गरी व्यवस्थापनका लागि काम भइरहेको उहाँले बताउनुभयो । क्यामेराले ती वन्यजन्तु आवतजावत गरेको तस्बिर खिचेसँगै त्यसलाई हेरेर व्यवस्थापनको काम गरिदैछ ।

    उहाँले भन्नुभयो, “अवस्था पहिचान गरी कारण खोजी गर्ने र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा निकुञ्जको प्राविधिक टोली लागेको छ”, उहाँले थप्नुभयो, “ध्रुवे हात्ती र घाइते बाघ सोही क्षेत्रमा हुँदा द्वन्द्व बढ्ने देखिएकाले व्यवस्थापनका काममा लागेका हौँ ।” चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरी काम भइरहेको निकुञ्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, नेपाली सेना र हात्तीसारका कर्मचारीसहित सो क्षेत्रमा तीन वटा हात्ती परिचालन गरिएको उहाँले बताउनुभयो । आवश्यकताअनुसार प्राविधिक थपघट हुने उहाँको भनाइ छ ।

    चालु आर्थिक वर्षमा जङ्गली जनावरका कारण चार जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट दुई, बाघको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको तिवारीले वताउनुभयो । उहाँका अनुसार हात्तीको आक्रमणबाट मेघौली र देवनगरमा एक÷एक जनाको मृत्यु भएको हो भने बाघको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको थियो । सौराहा क्षेत्रमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.