सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपरासीमा गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटनले बढ्यो सुन्तलाको उत्पादन


  •    न्युजभित्तो/४ पुष २०७९, सोमबार १६:०५ 
  • नवलपरासी, ४ पुस ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट रु छ करोड १५ लाख आम्दानी भएको नवलपुरस्थित कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । गत वर्ष जिल्लामा सात सय ९५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

    “नवलपरासी९बर्दघाट सुस्तापूर्व०को दुई गाउँपालिकाका नौ वडा र अन्य पाँच वडा गरी १४ वडामा तीन हजार दुई सय कृषक सुन्तलाखेतीमा आबद्ध छन् ।” उहाँले भन्नुभयो, “सुन्तलाखेतीका लागी बौदीकाली र बुलिङटार गाउँपालिकाका क्षेत्रलाई पकेट क्षेत्रका रुपमा लिइन्छ । यसबाहेक धुर्कोट, रतनपुर र र विनयी त्रिवेणीका केही वडामा पनि सुन्तलाखेती राम्रो हुने गर्दछ ।”

    प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत सुन्तलाको प्रवद्र्धन गराउन थालिएपछि पछिल्लो समय जिल्लामा क्रमिकरुपले उत्पादन बढ्दै गएको उक्त केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो ।

    सुन्तलाको उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला बन्दै गएको छ । पहाडका हरेक गाउँमा कृषि सडक पुगेपछि कृषकलाई आफूले उत्पादन गरेको सुन्तला बजारसम्म ल्याउनु पर्नाको साटो व्यापारी नै गाउँ–गाउँमा आएर किन्ने गरेको कृषकहरुले बताएका छन् । जिल्लाको पहाडी क्षेत्रमा उत्पादित सुन्तला स्थानीय बजारसहित बुटवल, पोखरालगायत स्थानमा जाने गरेको छ । पहाडी क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन हजार दुई सय घर परिवार सुन्तलाखेतीमा आश्रित छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.