सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन सकिदैनः प्रचण्ड


  •    न्युजभित्तो/४ पुष २०७९, सोमबार १५:५४ 
  • चितवन,४ पुस ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन नसकिने स्पष्ट पारेका छन् । आज विहान गृहजिल्ला चितवन आइपुगेका अध्यक्ष दाहालले प्रेस सेन्टरले भरतरपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुराको कुनै संभावना नरहेको स्पष्ट पारे । ‘केही बुद्धिजीवीहरुबाट त्यस्तो व्यक्ति बनाउँदा के होला भन्ने सुझाव आएको छ तर गठबन्धन दलभित्र र अन्य दलभित्र यस्तो विषयमा छलफल भएको छैन, यो संभावना पनि छैन’–अध्यक्ष प्रचण्डले भने ।

    उनले विगतमा भएको मधेश आन्दोलन, थरुहट आन्दोलनलगायतका आन्दोलनको विषयमा सरकारले सम्झौता गरेकाले सोही अनुसार अध्यादेश ल्याएको स्पष्ट पारे । उनले अध्यादेश प्रक्रिया सामान्य भएको प्रतिक्रिया दिए ।

    यस्तै अध्यक्ष प्रचण्डले यस निर्वाचनबाट माओवादी कमजोर भएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए । ‘माओवादी कमजोर भएको कुरा सत्य होइन, प्रत्यक्षमा जति सिट ल्याउनुपर्ने हो त्यो नसकिएको कुरा चाँही हो, समानुपातिकमा पनि माओवादीको जनमत धेरै घटेको छैन, बरु कांग्रेस र एमालेको नै भोट धेरै घटेको देखिन्छ’–अध्यक्ष प्रचण्डले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.