सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका दुई सहित १० ठेकेदार कम्पनी कालोसूचीमा


  •    न्युजभित्तो/२९ मंसिर २०७९, बिहीबार ११:११ 
  • चितवन,२९ मंसिर।  सार्वजनिक खरिद अनुगमन कार्यालयले भरतपुरका दुई सहित १० ठेकेदार कम्पनी र तीन आपूर्तीकर्तालाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका जम्मा १३ कम्पनीमध्ये दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष र १० कम्पनीलाई एक वर्ष कालो सूचीमा राखिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । भरतपुर महानगरपालिकाको आग्रहमा भरतपुर–१७ स्थित जन कन्स्ट्रक्सन प्रालिलाई एक वर्षको लागि कालोसूचीमा राखिएको छ । कन्स्ट्रक्सनको मुख्य व्यक्ति जनक गुरुङ हुन् । त्यस्तै, सडक डिभिजन भरतपुरको आग्रहमा लोहनी एण्ड सन्स कन्स्ट्रक्सन प्रालिलाई पनि एक वर्षको लागि कालोसूचीमा राखिएको छ । यसको मुख्य व्यक्तिहरु लेखनिधि लोहनी, अशोक लोहनी र दिपक ढकाल हुन् ।

    सिराहाको एक जेभीलाई तीन वर्ष र कपिलवस्तुका दुई, काठमाडौँ, जनकपुर,सर्लाही, रौतहत र मकवापुरका एक/एक ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । कालो सूचीमा राखिएको निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.