सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जाजरकोटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु


  •    न्युजभित्तो/२७ मंसिर २०७९, मंगलवार ११:४९ 
  • जाजरकोट,२७ मंसिर। जाजरकोटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका-४ भीरबाटीमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो ।

    कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको दशेराको जेवाबाट लेवा जाँदै गरेको बलेरो जिप मध्यपहाडी राजमार्गबाट २०० मिटर तल खसेको छ । दुर्घटनामा परी अन्य तीन जना गम्भीर घाइते भएकाले उनीहरूको स्थानीयले उद्धार गरेर दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार जारी रहेको छ ।

    दुर्घटना परी मृत्यु हुनेहरु अधिकांश लेवा गाँउका रहेका छन् । यद्यपि उनीहरूको पहिचान खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी पुगिसकेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.