सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धर्मचोक सडकको काम अघि बढाउन माग गर्दै सांसद जोशीसहितको टोली डेलिगेशनमा


  •    न्युजभित्तो/२६ मंसिर २०७९, सोमबार १६:०१ 
  • चितवन,२६ मंसिर ।  नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडकको काम तत्काल अघि बढाउन माग गर्दै नवनिर्वाचित वागमती प्रदेश सांसद उत्तम जोशी नेतृत्वको टोली डेलिगेसन गएको छ । वर्षौंदेखि अलपत्र उक्त सडकको काम तत्काल सम्पन्न गर्न माग गर्दै जोशीको नेतृत्वमा स्थानीय टोल सुधार, उपभोक्त समितिसहितको टोली आज (सोमबार) सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको कार्यालयमा डेलिगेसन गएको हो ।

    डेलिगेसन गएको टोलीले कार्यालय प्रमुख प्रकाश अर्यालसँग भेट गरेको छ । भेटको क्रममा सांसद जोशीले उक्त सडक निर्माणमा भएको ढिलासुस्तीको कारण सोधेका थिए । उनले अलपत्र सडक निर्माणको तत्काल काम अघि बढाउन कार्यालय प्रमुखको ध्यानाकर्षण समेत गराएका थिए ।

    कार्यालय प्रमुख अर्यालले सडक निर्माणको काम तत्काल सुरु गर्ने प्रतिवद्धता जनाएका छन् । पौष १३ गते भित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने उनको प्रतिवद्धता छ । धुलो उड्न नदिने गरी काम अघि बढाईने समेत उनले बताए । निर्माण कम्पनीले तत्काल काम सुरु नगरे कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने कार्यालय प्रमुख अर्यालको भनाइ छ । उपभोक्ताका तर्फबाट स्थानीय इन्दिरा सापकोटा सडौला र रेशम कंडेलले आफ्नो भनाइ राखेका थिए ।

    तीन किलो मिटर लामो उक्त सडक निर्माणका लागि २०७५ साल वैशाख २६ गते सघन शहरी तथा भवन निर्माण आयोजना चितवन र रमण शिव शक्ति जेभीबीच सम्झौता भएको थियो । सम्झौतामा २०७७ असार मसान्तसम्म सक्नुपर्ने भनिए पनि सडक निर्माणको काम अझै अलपत्र छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.