सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महासंघ चितवन शाखाले पत्रकार राजेन्द्र आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न माग


  •    न्युजभित्तो/२६ मंसिर २०७९, सोमबार ११:५५ 
  • चितवन,२६ मंसिर।  नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार राजेन्द्र आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ । आइतबार साँझ क्याम्पा चौरमा भएको कन्सर्टमा पत्रकार आचार्यमाथि गढी सेक्युरिटीका सुरक्षाकर्मीले हातपात गरेका थिए । पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारीले आज (सोमबार) एक विज्ञप्ति जारी गरी रिपोर्टिङ गर्न जाने क्रममा पत्रकार आचार्यमाथि हातपात भएको घटना निन्दनीय भएको बताएका छन् । साथै दोषीलाई कारबाही गर्न उनले जोडदार माग पनि गरेका छन् ।

    पत्रकार महासंघ चितवन शाखाका कोषाध्यक्ष समेत रहेका आचार्य रिपोर्टिङका लागि कार्यक्रमस्थलमा प्रवेश गर्ने क्रममा सुरक्षाकर्मीले रोक्न खोेजेका थिए । आचार्यले पत्रकार परिचय पत्र देखाउँदा पनि उनीमाथि सुरक्षाकर्मीले हातपात गरेका हुन् । पत्रकारहरुलाई परिचय पत्रका आधारमा रिपोर्टिङ गर्न दिने भनिएपनि पत्रकारलाई अवरोध गरिएको हो ।

    पत्रकारलाई स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण बनाउन र शान्ति सुरक्षा कायम गर्न महासंघले स्थानीय प्रशासन समक्ष माग गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.