सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुर्घटना न्युनिकरणका लागि यान्त्रिक परीक्षण गर्दै चितवन ट्राफिक


  •    न्युजभित्तो/२५ मंसिर २०७९, आईतवार १६:३७ 
  • चितवन,२५ मंसिर।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्युनिकरणका सवारी साधनहरुको लागि यान्त्रिक परीक्षण सुरु गरेको छ ।

    ट्राफिक प्रहरीले मुख्य राजमार्ग हुँदै चल्ने सवारी साधनहरुको यान्त्रिक परीक्षण सुरु गरेको हो । जस अन्तर्गत आज (आइतबार) नारायणगढ मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधनहरुको यान्त्रिक परीक्षण गरिएको थियो ।

    पिनाकल सर्भिस सेन्टर भरतपुरका दुई मेकानिकल प्राविधिकहरुहरुको सहयोगमा आज यात्रुवाहक बस, माईक्रो र मालबाहक ट्रक गरी ६२ वटा सवारी साधनहरुको यान्त्रिक परीक्षण गरिएको चितवनका ट्राफिक प्रमुख, प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए । परीक्षण गरिएका सवारी साधनहरु मध्ये २७ वटामा बत्ति तथा ब्रेकमा समस्या र केहीमा टायरमा हावा कम पाईएको उनले बताए । त्यस्ता सवारी साधनका चालकहरुलाई सम्झाई बुझाई गर्नुका साथै मर्मत गर्ने प्रशिक्षण समेत दिईएको अधिकारीले बताए ।

    सवारी साधनहरु पुरानो र जिर्ण अवस्थामा समेत सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढेकोले यान्त्रिक परीक्षण गरिएको उनको भनाइ छ । ‘कति गाडीहरु जिर्ण अवस्थामा हुँदा पनि चलाउदा ठू-ठूला दुर्घटनाहरु हुने गरेको अवस्था छ । त्यसकारण अहिले मुख्यराजमार्गमा कुन किसिमका गाडीहरु चलिरहेका छन् भनेर यो अभियान चलाएका हौं’, उनले भने ।

    उनले अघि भने, ‘दुर्घटना केही न्युनिकरण गर्न सकिन्छ कि भनेर नै हामीले यो अभियान चलाएका छौं । ‘उनले सार्वजनिक सवारी साधनले बढी भाडा लिने र दुर्व्यवहार गरे तुरुन्त प्रहरी वा ट्राफिक प्रहरीलाई खबर गर्न पनि यात्रुसँग आग्रह गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.