चितवनमा नेपथ्यको लाइभ कन्सर्ट आज : वे ग्रुपद्वारा क्याम्पाचौरमा सरसफाई
न्युजभित्तो/२५ मंसिर २०७९, आईतवार ११:२१
चितवन,२५ मंसिर। मानवसेवा आश्रमले चितवनमा आज नेपथ्य लाइभ कन्सर्ट गर्दैछ । कन्सर्ट गर्नुअघी आज बिहान मानवसेवा आश्रम चितवन शाखाको आयोजना तथा वे ग्रुप नेपालको सहकार्यमा कन्सर्ट गरिने स्थान क्याम्पाचौरमा सरसफाई गरिएको हो ।
आज बिहान ७:०० बजेदेखी ८:००बजेसम्म क्याम्पाचौरमा सरसफाइ गरिएको हो! सरसफाई कार्यक्रममा वे ग्रुप नेपाल र मानवसेवा आश्रम चितवन सहभागी भएको थियो ।
हप्ताको एकदिन एकछिन समाजको लागि’ भन्ने नारा सहित स्थापना भएको संस्थाले प्रत्येक हप्ताको सोमबार जिल्लाका विभिन्न स्थानमा सरसफाइ क्याम्पियन गर्दै आएको छ।यसरी मानवसेवा आश्रमले आयोजना गरिएको कार्यक्रममा आफुहारु पनि जोडिन पाएकोमा खुसी लागेको वे ग्रुप नेपालका संयोजक भोजनारायण कंडेलले बताउनुभयो ।
साथै वे ग्रुप नेपालले मानवसेवा आश्रमसङ्ग सहकार्य गरेर आज हुने नेपथ्य लाइभ कन्सर्टलाई सहयोग गर्ने उदेश्यले मङ्सिर १८ गते आईतवारदेखि भरतपुरको विभिन्न ठाउमा टिकट काउन्टर राखेर टिकट बिक्री गर्न सहयोग गर्दै आएको छ ।
मानवता प्रवद्र्धनका लागि मानवसेवा आश्रमको आयोजनामा चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आइतबार साँझ ४ बजेदेखि ‘नेपथ्य लाइभ कन्सर्ट’ हुने छ ।
मानवसेवा आश्रमको सहयोगमा जिल्लाको चौबिसकोठी, सहिदचोक र नारायणी नदि किनारमा टिकट काउन्टर आफुहरु बसेर आश्रमलाई स्वयंसेवकिय भुमिका निर्वाहा गरिएको स्वयंसेवक समितिका संयोजक तथा वे ग्रुप नेपालका सदस्य शालिकराम आचार्यले बताए । साथै वे ग्रुप नेपालले आज कन्सर्टको दिन पनि स्वयंसेवक( भोलेन्टियर)को भुमिका मा सहयोग गरिने बताईएको छ ।
सडक पेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले मानवताका लागि सांगीतिक यात्रा ‘कन्र्सट’ अन्तर्गत आज चितवनमा हुँदै छ ।
सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षीको उद्धार अभियानलाई थप प्रभावकारी बनाउन मानव सेवा आश्रमले नेपथ्य ब्याण्डसंग सहकार्य गरेर कन्सर्ट गर्न लागिएको हो ।
देशभर एक महिनासम्म सञ्चालन हुने कन्टर्सटको पहिलो कार्यक्रम मंसिर १६ गते विराटनगरबाट सुरु भएको थियो । त्यस्तै विरगंज, हेटौँडा पश्चात चितवनमा गर्न लागिएको हो ।
नेपथ्य लाइभ कन्सर्टबाट धेरै मानिसहरुलाई आश्रमले गरिरकेका सेवाका बारेमा जानकारी गराउने उद्देश्य समेत रहेको बताईएको छ । यसबाट भएको आम्दानीले मानवता प्रवद्र्धनसंगै मानवसेवा आश्रम चितवन शाखाको अपुरो निर्माण कार्यलाई पुर्णता दिन र अक्षयकोष स्थापनामा सहयोग पुग्ने अपेक्षा लिईएको छ ।
मानव सेवा आश्रमले एक दशक देखि सार्वजनिक स्थलमा भेटिएका मानिसहरुलाई उद्धार गर्दै आएको छ । मुख्य कार्यालय हेटौँडामा रहेको मानव सेवा आश्रमले २३ वटा शाखा स्थापना गरेको छ । १९ जिल्लामा यसका शाखा विस्तार भएका छन् । यहाँ हाल १ हजार ६०० जनाले आश्रित रहेका छन् ।