सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा मोटरसाइकल र बलेरो ठोक्किदा जर्मन नागरिकको मृत्यु


  •    न्युजभित्तो/२२ मंसिर २०७९, बिहीबार १४:३४ 
  • चितवन,२२ मंसिर।  चितवनमा मोटरसाइकल र बलेरो गाडी एकआपसमा ठोक्किदा जर्मन नागरिकको मृत्यु भएको छ ।दुर्घटनामा मोटरसाइकल चालक जर्मन नागरिक ६० वर्षीय माइकल मेयर ओल्बर्सलेबेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय पण्डितले जानकारी दिएका छन् । चितवन मेडिकल कलेजमा उपचारका ल्याइएका उनको इसीजी पश्चात अस्पतालले दिउँसो १२ः२५ मा मृत घोषणा गरेको थियो । उनको राहदानी नम्बर २४६३७८९५९ रहेको छ । 

    यस्तै बलेरोमा सवार धादिङको गल्छी गाउँपालिका–५ का ७३ वर्षीय निरबहादुर तामाङको चितवन मेडिकल कलेजमा मध्यम अवस्थामा उपचार भइरहेको छ । प्रहरीले बलेरो चालक गोरखाका २१ वर्षीय साजन भुजेललाई नियन्त्रणमा लिएको छ ।

    आज विहान सवा १० बजेको समयमा पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बागमति प्रदेश ०३–००१ च १६८२ नम्बरको बलेरो ठोक्किएर सडकबाट ५० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।

    तस्विर सौजन्यः दानबहादुर गुरुङ

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.