नरसिंह विष्टको हत्या प्रकरणमा वर्तमान र निवर्तमान गरी दुई वडाध्यक्ष प्रकाउ
न्युजभित्तो/२२ मंसिर २०७९, बिहीबार ११:३८
कैलाली, २२ मंसिर। दार्चुलाको ब्याँस गाउँपालिका-४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्या प्रकरणमा वर्तमान र निवर्तमान गरी दुई वडाध्यक्ष प्रकाउ परेका छन् । बिस्टको घटनामा अनुसन्धान गर्न प्रहरीले गाउँपालिकाका वर्तमान वडाध्यक्ष, पूर्व वडाध्यक्षसहित थप एक जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार वर्तमान वडाध्यक्ष ४३ वर्षीय झुनसिंह विष्ट, पूर्व वडाध्यक्ष ५५ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय स्थानीय मोहनसिंह विष्टलाई नियन्त्रणमा लिएको छ।
बुधबार उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
घटना लगत्तै प्रहरीले सोही सोही ठाउँका २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरेको थियो ।प्रहरीसँग उनले आफू घटनामा संलग्न रहेको बयान दिएका थिए । घटनामा दोषि पुष्टि गर्दै प्रहरीले मङ्सिर १२ गते प्रहरीले दिपकलाई सार्वजनिक गरेको थियो । मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएका बिस्ट ४ गते हत्या गरिएको अवस्थामा फेला परेका थिए ।