सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा सात हजार लिटर निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय


  •    न्युजभित्तो/२१ मंसिर २०७९, बुधबार १५:०९ 
  • चितवन, २१ मंसिर।  भरतपुर महानगरपालिकाभित्र ७ हजार लिटर निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय कार्यान्वनमा आएको छ ।मंसिर महिनाबाट कार्यान्वनमा आउने गरी भरतपुर महानगरपालिकाले भरतपुर खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न १२ वटा खानेपानी उपभोक्ता समितिसँग सात हजार लिटरसम्म निःशुल्क खानेपानी उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल दोस्रो पटक मेयर निर्वाचित भएसँगै भरतपुरमा सात हजार लिटरसम्म खानेपानी पिउने ग्राहकलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेकी थिइन् । पदभार ग्रहण गर्दा गरेको दुई वटा निर्णय मध्ये छोरी बिमा कार्यक्रम यसअघि नै कार्यान्वनमा आइसकेको छ ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले सात हजार लिटर निःशुल्क खानेपानी उपलब्ध गराउने कार्यको थालनी गर्नु सकारात्मक विषय रहेको उल्लेख गरिन् । यो निर्णयले अधिकांश विपन्न नागरिकलाई निःशुल्क खानेपानी उपलब्ध हुने विश्वास महानगरले लिएको उनको भनाइ छ । निःशुल्क खानेपानी वितरण गरेबापत महानगरपालिकाले बोर्ड र खानेपानी उपभोक्ता समितिलाई मासिक शुल्क तिर्नुपर्ने गरी सम्झौता भएको छ । मेयर दाहालले बाहिरा चर्चामा आए जस्तो भरतपुरमा खानेपानीको अभाव नरहेको स्पष्ट पारिन् ।

    मेयर दाहालले पहिलो पटक मेयरमा निर्वाचित भएपछि खानेपानीको पहुँचलाई सबै नगरबासीसम्म पुराउने गरी विभिन्न आयोजना निर्माण गर्न ठूलो रकम विनियोजना हुँदै आएको उल्लेख गरिन् । मेयर दाहालले अबको दुई वर्षभित्र शतप्रतिशत भरतपुरबासी खानेपानीको पहुँचमा पुग्ने र ४७ हजार नयाँ धार जडान भइसक्ने जानकारी दिइन् । महानगरपालिकाले प्रर्याप्त पानी उपभोक्तलाई पुराउने नीति अनुसार डिप बोरिङ थप गर्ने गरी स्रोतको खोजी गर्ने कामलाई अगाडि बढाइरहेको छ । हाल भरतपुर खानेपानी बोर्ड र खानेपानी उपभोक्ता समितिमार्फत् ४५ हजार २३३ घरधुरी खानेपानीको पहुँचमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.