सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डोटीमा चितुवाको आक्रमणबाट ५ जना स्थानीय घाइते


  •    न्युजभित्तो/२१ मंसिर २०७९, बुधबार १४:२७ 
  • डडेलधुरा, २१ मंसिर। डोटीमा चितुवाको आक्रमणबाट ५ जना स्थानीय घाइते भएका छन् । हिजो मंगलबार साँझ डोटीको पूर्वीचौकी गाउँपालिका-५, बटालामा चितुवाको आक्रमणबाट बालकसहित ५ जना घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घाइते हुनेमा ४५ वर्षीया सरुदेवी बटाला, उनका ४ वर्षीय नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीय लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका छन्।

    उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र जिल्ला अस्पताल डोटीमा उपचार जारी रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ४ वर्षीया बालक सिद्ध बटाला घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो ।

    बच्चा चिच्याएपछि हल्लाखल्ला गरेर लखेटेको चितुवाले गोठालोबाट घर फर्किदै गरेका सरु, लाली, हसिना र पुस्पालाई पनि आक्रमण गरेको प्रहरीको प्रहरीले बताएको छ । स्थानीयले होहल्ला गरेपछि चितुवा भागेतापनि जंगलबाट घर फर्किरहेका अन्यलाई चितुवाले फेरि आक्रमण गरेर घाइते बनाएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.