सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रामेछापमा नयाँ प्रजातिको आलुको बिउँ उत्पादन


  •    न्युजभित्तो/२० मंसिर २०७९, मंगलवार १६:१४ 
  • काठमाडौँ,२०  मंसिर ।  रामेछापमा नयाँ प्रजातिको आलुको बिउँ उत्पादन गरिएको छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका १ डडुवामा परम्परागत बिउलाई विस्थापित गर्दै स्क्रिन हाउसको ल्याबमा इन–भिट्रोे प्लान्ट वैज्ञानिक विधि अपनाई पीबीएस दानाबाट रोजिटा जातको नयाँ पुस्ताको आलु बिउ उत्पादन गरेको हो ।

    नयाँ प्रजातिको आलुको बीउ उत्पादनसँगै अझ राम्रो आलु उत्पादन हुने आशा गरिएको छ । यसले शैलुङ्ग क्षेत्रको आलु खेतीमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको स्थानीय किसान दावासाङबु शेर्पाले बताउनु भयो । नयाँ बीउसँग शैलुङ्गमा हाल उत्पादन भइरहेको आलु दुई गुना बढी आलु उत्पादन हुने अनुमान गरिएको छ ।

    शैलुङ्गमा उत्पादित आलुको बीउ शैलुङ्ग क्षेत्र बाहेक रामेछाप जिल्लाका अन्य क्षेत्र र देश भरी नै पठाउने योजनामा स्थानीय किसान लागेका छन् । रोजिटा जातको बिउलाई आलुको दुर्लभ बिउ मानिन्छ । यसमा रोग प्रतिरोधात्मक क्षमता र उत्पादन क्षमता अधिक हुने गर्दछ ।

    बीउ आलु उत्पादनको लागि संरचना निर्माणमा मसला बाली विकास केन्द्र पाँचखाल तथा कृषि ज्ञान केन्द्र रामेछापले सहयोग गरेका थिए । पीबीएस इन–भिट्रो प्लान्टस सहितको प्राविधिक सहयोग भने आलु बाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकले गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.