चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत अवस्थामा फेला
न्युजभित्तो/२० मंसिर २०७९, मंगलवार १३:०३
चितवन, २० मंसिर। चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत गुन्द्रहिढाका मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको छ । सामुदायिक वनको दक्षिण–पूर्व क्षेत्रमा सोमबार दिउँसो १२ बजे मृत गैंडा फेला परेको हो ।
उक्त गैैंडा बुढो भएर मरेको हुन सक्ने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । मृत गैंडाको खाग र खुर सुरक्षित रहेकोले प्रकृतिक कारण (बुढोभएर)ले मृत्यु भएको तिवारीले बताए ।