सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सन्दीपविरुद्ध किशोरीले अदालतमा दिइन् झन् चर्को बयान


  •    न्युजभित्तो/१९ मंसिर २०७९, सोमबार १५:०३ 
  • काठमाडौं,१९ मंसिर।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता किशोरीले अदालतमा बकपत्र दिएकी छन् । उनको बकपत्र प्रहरी र सरकारी वकिललाई दिएको बयानभन्दा पनि चर्को रहेको अदालत स्रोतले बतायो ।

    केही दिनअघि अदालतले दुई पटक गरी किशोरीको बकपत्र लिएको हो । उनले अदालतमा बयान फेर्न सक्ने झिनो आशा सन्दीप पक्षधर वकिलहरूलाई थियो । तर, त्यसको उल्टो भएको छ । किशोरीको बकपत्रले जाहेरीलाई समर्थन गरेको मात्र होइन कि अझ कडा । यद्यपि, जाहेरी र बकपत्रमा कतिपय कुराहरू बाझिएको स्रोत बताउँछ । ‘अदालतमा उनको प्रस्तुति हेर्दा कसैले मज्जाले सिकाएर पठाएको जस्तो बुझिन्थ्यो,’ स्रोतले भन्यो, ‘घोकाएको जसरी सबै कुराहरू खरर भनिन् ।’

    जाहेरीकर्ता किशोरी अहिले माइती नेपालको संरक्षणमा छिन् । उक्त संस्थाकी सञ्चालक अनुराधा कोइराला सुरुदेखि किशोरीले बयान फेर्ने सम्भावनालाई लिएर चिन्तित थिइन् । त्यसैले उनी आफैँ र संस्थाका काउन्सीलरमार्फत किशोरीलाई निरन्तर सम्झाई बुझाइ गर्दै आएकी थिइन् । किशोरीले माइती नेपालबाट निस्किन चाहे पनि नदिइएको स्रोतको भनाइ छ । उनलाई त्यहाँ कसैसँग भेट्न र बाहिर निस्किन दिइएको छैन।

    अदालतमा किशोरीको बकपत्रले उनी होस्टाइल हुने सम्भावनाको अन्त्य भएको छ । अब अदालतले हेर्ने भनेको उनको वास्तविक उमेर तथा बलात्कार वा सहमतिको सम्बन्ध भन्ने हो । यदि जाहेरीमा दाबी गरिएजस्तो किशोरी नाबालिग नै हुन् र शारीरिक सम्बन्ध भएको पुष्टि भयो भने सन्दीपमाथि कडा सजाय हुन सक्छ । तर, कागजातहरूले उनी उनको वास्तविक उमेर १८ वर्षभन्दा माथि रहेको देखाउँछन् ।

    किशोरीले नागरिकता र पछि बनाएको जन्म दर्ताको आधारमा आफ्नो उमेर १८ वर्षभन्दा मुनि रहेको बताएकी छन् । तर, उनको अस्पतालको कागजात, बसाइसराइ कागज, विद्यालयका प्रमाणपत्र तथा सुरुको जन्म दर्ताले १८ वर्ष कटिसकेको पुष्टि गर्ने सन्दीपका तर्फबाट बहस गरिरहेका वकिल लभ मैनाली बताउँछन् । उनको भनाइ उमेर पुष्टि गर्ने पहिलो आधार नागरिकता होइन ।

    ‘अदालतले सबैभन्दा पहिले अस्पतालको कागज हेर्छ । त्यसपछि क्रमशः जन्म दर्ता, विद्यालयको प्रमाणपत्रहरूलाई आधार बनाइन्छ । नागरिकताको आधार भनेको सबैभन्दा कम प्राथमिकतामा पर्छ,’ उनले भने ।

    यदि सन्दीपका वकिलहरूले पेश गरेका कागजातहरू सही ठहर्‍याएर किशोरी नाबालिग नरहेको निष्कर्षमा न्यायाधीश पुगे भने सन्दीपलाई राहत हुन सक्छ । त्यस्तो अवस्थामा न्यायाधीशले जबरजस्ती शारीरिक सम्बन्ध कायम गरिएको हो वा होइन भनेर हेर्छन् । यदि किशोरीको अनिच्छाबिना बलपूर्वक शारीरिक सम्बन्ध राखिएको पुष्टि भएमा सन्दीपमाथि बलात्कारको सजाय हुन्छ । तर, यदि सहमतिमा सम्बन्ध रहेको पुष्टि भए सन्दीप निर्दोष ठहरिन सक्छन् । अहिलेसम्म जबरजस्ती नै सम्बन्ध राखिएको भन्ने वादी पक्षकले कुनै बलियो प्रमाण पेश गर्न नसकेको स्रोतको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.