सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौंमा चिनियाँ युवाको हानाहान, १ को मृत्यु, १ घाइते


  •    न्युजभित्तो/१९ मंसिर २०७९, सोमबार १४:५४ 
  • काठमाडौँ, १९ मंसिर ।  काठमाडौंमा चिनियाँ नागरिकबीच झडप भएको छ । आइतबार दिउँसो करिब १२ बजेतिर काठमाडौं महानगरपालिका–२५ इन्द्रचोकमा चिनियाँ युवाबीच झगडा भएको हो । 

    विवादका क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । विवादका क्रममा ३७ वर्षीय फङ चङयुनले आफ्ना दुई साथीमाथि चक्कु प्रहार गरेका हुन् । 

    चक्कु प्रहारबाट घाइते भएका २९ वर्षीय कान साउसिङ र ३२ वर्षीय ली छ्वनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । 

    उपचारका क्रममा कान साउसिङ साँझ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभएको छ । 

    गम्भीर घाइते ली छ्वनको उपचार भइरहेको छ । चक्कु प्रहारबाट साउजिङको पेट, छाती र टाउकोको बायाँ भागमा चोट लागेको थियो। चुआनको पनि पेटमा गहिरो चोट लागेको छ।

    चक्कु आक्रमण गर्ने फङ चङयुनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.