चितवन, १९ मंसिर । सापकोटाहरुको वंशावली लगत संकलन हुने भएको छ । यही मंसिर २० गते सापकोटा कल्याण केन्द्र नेपाल (सापकोटश वंशावली) भरतपुर महानगरपालिका ९ शरदपुरले सापकोटा वंशावलीको लगत संकलन कार्यक्रम आयोजना गरेको हो ।
सापकोटा कल्याण केन्द्र नेपाल जिल्ला कार्य समिति चितवनका अध्यक्ष मनिस सापकोटाले एक विज्ञप्ति जारी गर्दै त्रिपुरेखर महादेव शिव मन्दिर परिसर भरतपुर ९ शरदपुरमा देशभर छरिएर रहेका सापकोटा दाजुभाई दिदिबहिनिको वंशावली लगत संकलन गर्ने क्रममा चितवनमा पनि सापकोटा वंशावली संकलनको कार्यक्रम आयोजना गरेको उल्लेख गर्नुभएको छ ।
पूर्व संकलित वंशावदी पुस्तिकामा छुट भएका सापकोटा वंशावलीहरुको पनि नाम संकलन गर्नुपर्ने भएकोले कार्यक्रममा सम्पूर्ण सापकोटा बन्धुहरुलाई उपस्थित भई दिनु हुन विज्ञप्तिमा अनुरोध गरिएको छ ।