सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वरिष्ठ पत्रकार शिवहरि भट्टराईको निधन


  •    न्युजभित्तो/१७ मंसिर २०७९, शनिबार १६:०२ 
  • सप्तरी, १७ मङ्सिर । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष समेत रहनुभएका वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ ।

    नेपाल पत्रकार महासङ्घ, सर्लाही शाखाको आमन्त्रणामा जिल्ला शाखाको साधारणसभा शनिबार हुनगइरहेको जिल्ला शाखाको साधारणसभाको लागि शुक्रबार सर्लाही पुग्नुभएका वरिष्ठ पत्रकार भट्टराईको सुत्ने कोठा भित्रै शनिबार बिहानै वहाँको पार्थिव शरीर मृत अवस्थामा भेटेको नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशको अध्यक्ष राजेश कर्णले जानकारी दिनुभयो ।

    सर्लाहीकै अस्पतालमा पोस्टमार्टम पश्चात् शनिबार नै सप्तरीको राजविराज –७ स्थित रहेको जन्मघर ल्याएर उहाँको पार्थिव शरीरलाई अत्येष्टी गरिने नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष श्रवण देवले जानकारी गराउनुभएको छ ।

    सर्लाहीको लालबन्दीदेखि ८ किमी उत्तरमा रहेको पथ्थरकोट भन्ने स्थानमा होटल होलीमा राति सुतिरहेको अवस्थामा ह्रदयघातका कारण देहान्त भएको देखिन्छ ।

    ुबिहान अरू साथीहरू चिया खान निस्किँदा उहाँको खोजी भयो र उहाँकै ड्राइभरलाई बोलाउन कोठातिर पठाउँदा भित्रबाट चुकुल लागेकै थियो । उहाँ राति सुत्ने कोठामा एक्लै हुनुहुन्थ्यो, निधन भएको कोठामा रगतको उल्टी अत्यधिक मात्रामा भएको र उहाँले सेवन गर्दै आउनुभएका औषधिहरू कोठाभरी छरिएको बाहिरबाटै खुलेको र हेर्न मिल्ने एउटा भ्यालबाट सबै दृश्य देख्दा कोठा खोलेर हेर्दा वरिष्ठ पत्रकार भट्टराईको निधन भइसकेको रहेछ ।” अध्यक्ष कर्णले बताउनुभयो ।

    विगत चार दशकदेखि सप्तरीको पत्रकारितामा उहाँको सक्रिय योगदान रहँदै आएको र पछिल्लो समय मधेस प्रदेश सरकारले उहाँलाई मिडिया काउन्सिलको अध्यक्ष को जिम्मेवारीमा नियुक्त गरेको थियो । वरिष्ठ पत्रकार भट्टराईले आफ्नो पत्रकारिताको जीवनकालमा दर्जनौँ पुरस्कार तथा कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार पनि प्राप्त गरिसक्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.