सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी नदीको अमलटारीमा देखियो डल्फिन


  •    न्युजभित्तो/१६ मंसिर २०७९, शुक्रबार ११:५५ 
  • चितवन,१६ मंसिर।  नारायणी नदीमा डल्फिन देखिएको छ । नारायणी नदीको अमलटारी घाटमा बुधवार डल्फिन देखिएको हो । नेचर गाइड टेक महतोले ढुंगामा जाँदै गर्दा २ वटा डल्फिन देखेका बताएका छन् । डल्फिन देखेपछि उनले त्यसको फोटो समेत खिचेका छन् । उनले गत वर्ष पनि नारायणी नदीमा डल्पिन देखेका थिए । डल्फिन नारायणीमा दुर्लभ मानिन्छ । जाडोयाममा चराको संख्या बढ्दै गएका कारण महतो चितवन निकुञ्ज र आसपासको मध्यवर्ती जंगल क्षेत्रमा चराको अवलोकन र तस्बिर कैद गर्न डुलिरहन्छन् । नारायणीमा सन् २०१८ मा पहिलो पटक त्रिवेणीधाम नजिक भैलौजीमा डल्फिन देखिएको थियो।

    चितवन राष्ट्रिय निकुञ्जका अनुसार नारायणी नदीमा बढ्दो प्रदूषणसँगै डल्फिन लोपोन्मुख भएको छ । भरतपुर महानगरपालिकाले बजार र गाउँ क्षेत्रको फोहोर नारायणी नदी किनारमा लगेर फाल्दै आएको छ । त्यतिमात्र नभएर चितवन महोत्सवको तयारी हुँदै गर्दा महोत्सव स्थलमा फोहोर पुरेर जमिन सम्याउने काम गरिएको छ ।

    जलचरलाई गम्भिर असर पुग्ने खालका प्लाष्टिकजन्य फोहोर पुरेर महोत्सव गर्ने तयारी गरिएपछि संरक्षणकर्मीले उक्त कदमको कडा विरोध गरिरहेका छन् । भरतपुर महानगरपालिका र उद्योग वाणिाज्य संघ मिलेर फोहोर पुरेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.