सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी नदीको अमलटारीमा देखियो डल्फिन


  •    न्युजभित्तो/१६ मंसिर २०७९, शुक्रबार ११:५५ 
  • चितवन,१६ मंसिर।  नारायणी नदीमा डल्फिन देखिएको छ । नारायणी नदीको अमलटारी घाटमा बुधवार डल्फिन देखिएको हो । नेचर गाइड टेक महतोले ढुंगामा जाँदै गर्दा २ वटा डल्फिन देखेका बताएका छन् । डल्फिन देखेपछि उनले त्यसको फोटो समेत खिचेका छन् । उनले गत वर्ष पनि नारायणी नदीमा डल्पिन देखेका थिए । डल्फिन नारायणीमा दुर्लभ मानिन्छ । जाडोयाममा चराको संख्या बढ्दै गएका कारण महतो चितवन निकुञ्ज र आसपासको मध्यवर्ती जंगल क्षेत्रमा चराको अवलोकन र तस्बिर कैद गर्न डुलिरहन्छन् । नारायणीमा सन् २०१८ मा पहिलो पटक त्रिवेणीधाम नजिक भैलौजीमा डल्फिन देखिएको थियो।

    चितवन राष्ट्रिय निकुञ्जका अनुसार नारायणी नदीमा बढ्दो प्रदूषणसँगै डल्फिन लोपोन्मुख भएको छ । भरतपुर महानगरपालिकाले बजार र गाउँ क्षेत्रको फोहोर नारायणी नदी किनारमा लगेर फाल्दै आएको छ । त्यतिमात्र नभएर चितवन महोत्सवको तयारी हुँदै गर्दा महोत्सव स्थलमा फोहोर पुरेर जमिन सम्याउने काम गरिएको छ ।

    जलचरलाई गम्भिर असर पुग्ने खालका प्लाष्टिकजन्य फोहोर पुरेर महोत्सव गर्ने तयारी गरिएपछि संरक्षणकर्मीले उक्त कदमको कडा विरोध गरिरहेका छन् । भरतपुर महानगरपालिका र उद्योग वाणिाज्य संघ मिलेर फोहोर पुरेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.