आम निर्वाचन २०७९ सकियो । नतिजा अन्तिम अवस्थामा छ । प्राप्त नतिजामा केहि जित्नै पर्नेले जितेका छन्, केहि जित्नै नहुनेले पनि जितेका छन् । केहि हार्नै नहुनेहरू हारे, केहि हार्नै पर्नेहरू पनि जितेर आए । निर्वाचनबाट जसरी कुनै पनि पार्टीले बहुमत ल्याउन सकेन त्यसैगरि मान्छेहरूमा आशा–निराशा, चुनौती–सम्भावनाका बारेमा चर्चा परिचर्चा पनि अलगअलग धारबाट चलिरहेको छ । कुनकुन पार्टीको गठबन्धन होला ? पुरानो गठबन्धन टुट्ला कि त्यहि कायम रहला ? अबको सरकार कस्ले बनाउला ? सरकारको नेतृत्व कस्ले गर्ला ? राजनीतिमा चासो राख्ने हरेकको मस्तिष्कमा यहि कुरा चलेको छ ।
२०७४ को निर्वाचनमा बहुमत नजिक पुगेको नेकपा (एमाले) यस पटक बहुमत ल्याउने घोषणा गरेको थियो। तर, पाँच दलीय गठबन्धन बनाएर एमाले सिद्धाउन र ९–१० सिटमा सीमित गराउने रणनीति बनाएकाहरुसँग प्रतिष्पर्धा गरेर बहुमत हासिल गर्न एमालेलाई त्यति सहज थिएन र भएन पनि । ८० बाट ४४–४५ सिटमा सीमित भयो। समानुपातिक तर्फ भने पहिलो पार्टी बन्यो । यो बिरोधीहरूकालागि चुनौती नै हो।
दुई तिहाई बहुमत ल्याउने सपना देखेको पाँचदलीय गठबन्धनले झिनो बहुमत पनि ल्याउन सकेन । गठबन्धनको आड लिएर नेपाली कॅाग्रेसले राम्रै फाईदा लियो । ५५ सिट जितेर प्रत्यक्ष तर्फ ठूलो पार्टी बन्न सफल भयो तर, समानुपातिकमा दोस्रो बन्यो ।
आफुले जित्न भन्दा पनि एमालेलाई हराउन उद्धत पार्टीहरु आफै उत्तानो परे । नेपाली कॅाग्रेसलाई ठूलो पार्टी बनाउने बाहेक गठबन्धनका अरू दलले खासै उपलब्धी हासिल गर्न सकेनन् । नेकपा माओवादी केन्द्र ३६ बाट १७ मा खुम्चियो । कॅाग्रेस र माओवादीको आडमा १० सिट हासिल गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) समानुपातिक तर्फ ३ लाख मत ल्याउन र राष्ट्रिय पार्टी समेत बन्न समेत मुस्किल परिरहेको छ । राष्ट्रिय पार्टी नबनेको खण्डमा जितेको १० सांसद पनि स्वतन्त्रको हैसियतमा पुग्नेछन । विगतका दिनमा गठबन्धनमा रहेको उपेन्द्र यादवको जनता समाजवादी पार्टीले एमालेसँग टाँसिएर ७ सिटको जित हासिल गरेको छ भने महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धनसँग जोडिएर ४ सिट हात पारेको छ।
यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राम्रै प्रगति गऱ्यो । एक सिटबाट सात सिट पुऱ्यायो। विगतका दिनमा परिवर्तनको अनुभूति गर्न नसकेका जनताले यसपटक केहि नयॅा दल र नयॅा अनुहारलाई संसदमा पुऱ्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेको सेलिब्रेटीकोआडमा यसपाली उल्लेख्य सफलता हासिल गरेको छ । प्रत्यक्षमा सात सिट र समानुपातिक तर्फ १४ सिट ल्याएको छ । बिचार, सिद्धान्त र नीति बिनाको उक्त पार्टीका लागि आगामी दिन चुनौतीपूर्ण छन् । त्यस्तैगरु मधेशमा सिके राउतको जनमत पार्टीले १ सिट जिते पनि राष्ट्रिय पार्टी बन्न सफल भएको छ । त्यस्तैगरी कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पनि ३ सिट हासिल गरेको छ । पहिलो पटक राष्ट्रिय पार्टी बनेर होस् या स्वतन्त्र रूपमा संसदमा जादै गरेका पार्टी र व्यक्तिहरू कसरी अगाडी बढ्छन ? हेर्न बाँकी छ। बोल्न र भाषण गर्न भन्दा गरी पुऱ्याउन धेरै गारो छ । पुराना दलले आफुलाई सुधारेनन् भने यी र अरु नयॅा पार्टीले फेरि पनि अवसर पाउन सक्छन् । नत्र भने यिनीहरू सरकार फेरबदलका लागि किनबेचका वस्तु मात्र बन्नेछन् ।
कसैको पनि स्पष्ट बहुमत नआएको वर्तमान अब बन्ने सरकारको नेतृत्व कुनकुन पार्टीको गठबन्धन हुन्छ ? त्यसले केहि पार्टीको भाग्य र भविष्यको फैसला गर्छ । यदि नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने हो र देश, जनता अनि गणतन्त्रका लागि ईमान्दार भएर काम गर्ने हो भने आगामी पाँच वर्ष पछि यी दुई दल बाहेक अरुको अस्तित्व समाप्त हुने निश्चित छ। एकथरि मान्छेहरू यहि कुराको वकालत गर्दैछन् । जसरी लोकतन्त्र र गणतन्त्र ल्याउन कॉग्रेस र एमाले एक ठाउॅमा भए, यसलाई जोगाउन र विकास गर्न पॉच वर्ष एक ठाउॅमा बसेर काम गर्नु पर्छ।
अर्काथरि मान्छेहरू, जो वाम राजनीतिमा आस्था र विश्वास राख्छन्, उनीहरू वामपन्थी शक्ति एक ठाउॅमा रहेर राष्ट्रवादी शक्तिहरूलाई साथमा लिएर सरकार बनाउनु पर्ने विचार व्यक्त गर्दछन् । यदि यस्तो गठबन्धन बन्ने हो र ईमान्दरीपूर्वक काम गर्ने हो भने आगामी निर्वाचनमा नेपाली कांग्रेस समाप्त हुने उनीहरुको तर्क छ ।
हेर्दा र सुन्दा दुबैथरिका तर्क आआफ्नो ठाउॅमा ठीक होलान, तर, सरकार बनाउने सॉचो नेपालमा नभएको कुरा पनि ब्यापक छ। हावा नचलि पात हल्लिदैन । तथ्यहरूले पनि त्यहि कुराको पुष्टी गरिरहेका छन् ।
विगतका दिनमा नेपालमा ओली सरकारले गरेका कामबाट अत्तालिएका राजनैतिक दल र केहि नेताहरुलाई भारतले कसरी प्रयोग गऱ्यो भन्ने कुराले अबको सरकार बनाउने कुरामा अर्थ राख्दछ । भारतले हड्पेको नेपाली भूमी लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटेर नेपालको नक्शा प्रकाशित गर्नु नै ओली सरकार गिराउने मुख्यकारण थियो भन्ने कुरा घाम जत्तिकै छर्लंग छ। छिमेकी राष्ट्र भएर जहिले पनि छिमेकी राष्ट्रको साध सीमाना मिच्न पल्केको भारत बिरोधी “सेन्टीमेन्ट”लाई क्यास गरेर ओलीले जुन प्रस्ताव सदनमा पेश गरे, त्यतिबेला त्यसको विरोध गर्ने आँट कसैले गर्न सकेनन् । भित्री मनमा भारत चिडाउने मन नभएका केहि राजनैतिक दल र भारतको कृपामा बॉचेका नेताहरूले मुख फोर्न सकेनन् । प्रस्ताव एक मतले पास गरे। नक्शा प्रकाशित भयो। अनि भयो खेल शुरू।
भारतले भरखरै नाकाबन्दीको डटेर सामना गरेका ओलीलाई केहि भन्न सकेन तर, उसका आफ्ना आसेपासे र भरौटेहरूलाई राम्रैसँग झपाऱ्यो । हाम्राहरू “गल्ती भयो प्रभु” भनेर लम्पसार परे । गल्ती सुधार्न जे जस्तो हर्कत गर्न पनि पछि नपर्ने बचन भारतलाई दिएको पोल विस्तारै खुल्दै छ । नेपालमा दश तिर फर्केका, अनेक विचार बोकेका पार्टीहरूलाई एक ठाउॅमा गठबन्धन गराउने काम भारतले ग¥यो । गठबन्धनको मुख्य काम ओली हटाउने, एमाले सिध्याउने। त्यसकालागि के कस्ता हर्कतहरू भए ? कस्ता कस्ता सेटिङ्ग भए ? कस्ता कस्ता अध्यादेश ल्याईए ? अन्तमा परमादेशबाट एमालेको सरकार गिराईयो। गठबन्धनको सरकार बनाईयो।
स्थानीय निर्वाचनको परिणामबाट एमालेलाई सिध्याउन नसकिने ठहर पछि भारतले अर्को तुरूप फाल्यो नागरिकता विधेयक, जहाँ विदेशी नागरिकले नेपाली नागरिकसँग विवाह गरेको सात दिन भित्र नागरिकता पाउने जुन विधेयक जस्ताको तस्तै पास भएको भए विस्तारै नेपाल सिक्किम बन्ने पक्का थियो। नेपाली लेण्डुप दोर्जेहरु तेहि विधेयक पास गराउन ज्यान छोडेर लागि परे, त्यसलाई पनि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिम मोलेर रोकिदिनु भयो।यसकालागि नेपालीले राष्ट्रपतिलाई धन्यवाद दिनु पर्छ।
फेरि पनि चलखेल जारी छ । भारतीय राजदूत पुरानो गठबन्धनलाई बलियो बनाउन र उसैको सरकार बनाउन लागि परेका छन् र भेटघाटमा ब्यस्त छन् । गठबन्धनका दलहरूलाई बहुमत पुऱ्याउन चाहिने सांसद किनेर भए पनि सरकार बनाएर आफ्नो स्वार्थ पूरा गर्ने दाउमा भारत लागेको छ । नेपाली जनताको चाहानाले सरकार बन्दैन। हामी रवि लामिछानेहरुले जितेकोमा दंग छौं। खुसी मनाईरहेका छौं । सवाल व्यक्तिको जितसँगको हैन । हाम्रो राष्ट्रियताले जित्छ कि हार्छ ? हाम्रो स्वाभिमानले जित्छ कि हार्छ ? हाम्रा पार्टी र नेताहरू कसको पक्षमा लाग्लान ? सवाल अस्तित्व रक्षाको हो। हाम्रो गुमेको भूमिको हो। नागरिकता विधेयकको हो ।
पार्टीको मात्र कुरा हैन व्यक्ति केन्द्रित कुरा पनि चलेका छन् । अबको प्रधानमन्त्री को बन्ला ? गठबन्धनलाई फुटाउन सकेको खण्डमा केपी ओली वा ओलीले चाहेको व्यक्त्ति यो मुलुकको प्रधानमन्त्री बन्छ भन्नेहरुको पनि यहाँ कमी छैन । नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो भने काँग्रेस भित्रै रडाको छ । शेरबहादूर देउवा, रामचन्द्र पौडेल, गगन थापा, प्रकाशमान सिंह, शेखर कोईराला कसको पल्ला भारी हुने हो ? देउवा कमजोर भएको खण्डमा पुष्पकमल दाहाललाई नेतृत्व सुम्पन सक्ने कुरा पनि हुन सक्छ । माधवकुमार नेपालले के पाउने ? बहुमत पुऱ्याउन खोजिने पार्टी वा सांसदले के पाउने ? नेपालीमा एउटा उखान छ “सौताको रिसले पोईको काखमा ….” दलहरू उपयुक्त पात्रको खोजी गर्दा गर्दै राजेन्द्र लिंदेल, रवि लामिछाने, सिके राउतको हातमा नेतृत्व जाने चर्चा पनि बजारमा चल्दै छ । जो जसका बारेमा भए पनि घर भित्र कुरा चल्नु नराम्रो होईन तर, हाम्रा त कुरा मात्रै हुन, आदेश त उतैको चल्छ ।
विष्णु छिमेकी

२०७९/०८/१६