सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभाः चिया निर्यातसम्बन्धी समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने सुझाव


  •    न्युजभित्तो/१ असार २०८३, सोमबार १४:३९ 
  • काठमाडौँ, १ असार । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले पूर्वी नेपालमा उत्पादन भइरहेको चिया भारततर्फ निर्यात गर्ने विषयमा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्न सुझाव दिनुभएको छ । बैठकको शून्य समयमा सांसदहरूले वन कर्मचारीमाथि भएको आक्रमण, सीमा सुरक्षा, कर प्रणाली, महिला सुरक्षा, चिया निर्यातलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो । 

    बैठकमा सांसद गीता देवकोटाले कैलालीको गोदावरी नगरपालिका–४ मा डिभिजन वन कार्यालयका कर्मचारीलाई भीरबाट धकेलिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो । सांसद रामकुमारी झाँक्रीले पनि उक्त घटनाको विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गर्नुभयो ।

    सांसद जगत तिमल्सेनाले करका दरमा गरिएको हेरफेरप्रति प्रश्न उठाउँदै त्यसबारे उचित छानबिन हुनुपर्ने धारणा राख्नुभयो । सांसद धर्मेन्द्र पासवानले नेपाल सरकारलाई जानकारी नदिई भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरेको र स्थानीयवासीको अवरोधपछि फर्किएको विषय उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । 

    सांसद मीना सिंह रखालले दैलेखमा गरिएको अन्वेषणबाट ठूलो परिमाणमा मिथेन ग्यास रहेको देखिए पनि त्यसको अध्ययन, उत्खनन र उपयोगका लागि सरकारी लगानी पर्याप्त नभएको बताउनुभयो । सांसद रेखाकुमारी झाले भने आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटले आमजनतालाई उत्साहित बनाउन नसकेको टिप्पणी गर्नुभयो ।

    सांसद रोशनी मेचेले झापाको मेचीनगर क्षेत्रमा भारतबाट आएका जङ्गली हात्तीको आक्रमणका कारण स्थानीयवासी प्रभावित भएका उल्लेख गर्दै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा प्रभावकारी पहल गर्न सरकारसँग माग गर्नुभयो । सांसद वासुदेव घिमिरेले दाङस्थित राप्ती विज्ञान प्रतिष्ठानमा मिर्गौला रोग विशेषज्ञको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।

    सांसद सम्झना देवकोटाले गोरखाको ईश्वरी भुजेल हत्याकाण्डको प्रसङ्ग उल्लेख गर्दै महिला हिंसा नियन्त्रण र महिला सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सोमनाथ पौडेलले पूर्वी नेपालबाट भारत निर्यात हुँदै आएको चियामा भारतीय पक्षबाट अवरोध सिर्जना हुँदा चिया उद्योग सङ्कटमा परेको बताउँदै समस्या समाधानका लागि कूटनीतिक तथा प्रशासनिक पहल गर्न सरकारसँग आग्रह गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.