सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि सीपमूलक प्रशिक्षण


  •    न्युजभित्तो/१ असार २०८३, सोमबार १४:१२ 
  • कर्णाली, १ असार । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षालय÷विद्यालयका प्रशिक्षकका लागि सुर्खेतमा सीपमूलक प्रशिक्षण सञ्चालन गरेको छ ।

    कर्णााली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि सीपमूलक प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षण यही असार १० गतेसम्म सञ्चालन हुनेछ । 

    प्रशिक्षणको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले घरेलु क्षेत्रमै रोजगार बजार सृजनाका लागि पर्याप्त जनशक्ति उत्पादनका लागि प्रशिक्षण आवश्यक भएको बताउनुभयो । उहाँले प्राविधिक शिक्षाप्रति पछिल्लो समयमा चासो घट्दै गइरहेको सन्दर्भमा अब नयाँ सोचका साथ योजनाबद्ध रुपमा सक्रिय हुन आग्रह गर्नुभयभो । 

    सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश परियोजना सहयोगमा कार्यरत प्रदेश प्रबन्धक वेदप्रसाद डाँगीले प्राविधिक शिक्षालय तथा विद्यालयमा अध्यापनरत प्रशिक्षकहरुका लागि विधि र सीप केन्द्रित प्रशिक्षणात्मक सीपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिममा कम्प्युटर विज्ञान, सिभिल इन्जिनिरियङ, फरेस्ट्री, बाली तथा पशु विज्ञान र फार्मेसी ट्रेड (विषय)सँग सम्बन्धित मुगु, जाजरकोट, दैलेख र सुर्खेतका २५ प्रशिक्षकहरुको सहभागिता रहेको जनाउनुभयो ।

    प्रबन्धक डाँगीका अनुसार सिटिइभिटीका आङ्गिक प्राविधिक शिक्षालय, प्राविधिक शिक्षा सामुदायिक विद्यालय र निजी विद्यालयमा कार्यरत प्रशिक्षकहरुलाई प्राविधिक तथा व्यावसायिक विधि र सीप कक्षा कोठामा कसरी प्रशिक्षार्थीहरुलाई प्रदान गर्ने भन्ने बारेमा तालिम दिइनेछ । चालु आर्थिक वर्षको यो चौथो ब्याज हो । प्रदेश सरकारले भने सिटिइभिटीका आङ्गिक शिक्षालयहरुमा सरकारी लगानी बढाएको बताएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शिक्षामन्त्रीसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
    राष्ट्रियसभाः चिया निर्यातसम्बन्धी समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने सुझाव
    प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान
    • प्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि सीपमूलक प्रशिक्षण
    • मौरीपालक किसानलाई परागकण बितरण
    • ताप्लेजुङमा अलैँची महोत्सव हुने
    • उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.