सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मौरीपालक किसानलाई परागकण बितरण


  •    न्युजभित्तो/१ असार २०८३, सोमबार १४:१० 
  • चितवन, १ असार । यहाँको कालिका नगरपालिकाले मौरीपालक किसानलाई मौरीको आहारा परागकण (पोलन) बितरण गरेको छ । कालिका ६ मा रहेका २७ जना मौरीपालक किसानलाई मौरीको पोलन बितरण गरिएको हो ।

    वर्षातको समयमा मौरीले पोलन वनाउन नसक्ने भएकाले किसानलाई पोलन बितरण गरिएको हो । नेपाल मौरीपालक महासंघका पूर्व अध्यक्ष शिब शर्माका अनुसार परागकणले मौरीको घार वलियो बनाउन सहयोग गर्ने छ भने यसलाई मौरीको बच्चाको मूख्य आहाराको रुपमा लिइन्छ । उहाँका अनुसार परागकण प्रयाप्त भएको समयमा रानीले अण्डा धेरै पार्ने र वर्षात पछि उत्पादन बृद्धि हुने गर्दछ ।

    पालिकाका उपप्रमुख बिमला तामाङ्ले नगरबासी मौरी उत्पादक किसानलाई परागकण बितरण गर्नुभएको हो । परागकण बितरण गर्दै उहाँले कालिका नगरपालिकाले बिगत देखिनै किसानको हितमा काम गर्दै आएको बताउनुभयो ।

    मुख्यगरी जीविको पार्जन संग सम्बन्धित कामहरुलाई निरन्तरता दिँदै आएको उहाँको भनाई छ । कालिका –६ का अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मौरीको घारका आधारमा परागकण बितरण गरिएको हो । एक जना किसानले मौरीको घारका आधारमा बढीमा २५ किलो सम्म परागकण पाएको उहाँले बताउनुभयो ।

    जिल्लामा हाल ६ सय किसानले १९ हजार घार मौरी पाल्दै आएका छन् । ती मध्ये कालिका नगरपालिकामा १०० जना मौरीपालक किसान रहेको पूर्ब अध्यक्ष शर्माले जानकारी दिनुभयो । अहिले जिल्लामा प्रतिघार २६ किलो मह बार्षिक रुपमा उत्पादन हुँदै आएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
    शिक्षामन्त्रीसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
    राष्ट्रियसभाः चिया निर्यातसम्बन्धी समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने सुझाव
    • प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान
    • प्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि सीपमूलक प्रशिक्षण
    • मौरीपालक किसानलाई परागकण बितरण
    • ताप्लेजुङमा अलैँची महोत्सव हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.