सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु


  •    न्युजभित्तो/१ असार २०८३, सोमबार ११:५२ 
  • काठमाडौँ, १ असार । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभर ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ भन्ने नाराका साथ आजदेखि विशेष सडक सचेतना अभियान सुरु गरेको छ ।

    काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानअन्तर्गत सडक सुरक्षा, ट्राफिक नियमको पालना, चालक तथा यात्रुमा सचेतना अभिवृद्धिलगायतका विषयमा केन्द्रित गतिविधि सञ्चालन गरिनेछ ।

    अभियानको पहिलो दिन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफ्ले पुतलीसडक लगायतका मुख्य चोकमा खटिनुभएको थियो । उहाँले सवारी व्यवस्थापनसँगै चालकहरूलाई सडक लेनको प्रयोग, ट्राफिक नियमको पालना र सुरक्षित यात्राका विषयमा जानकारी गराउनुभएको थियो ।

    प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले ट्राफिक प्रहरीको उद्देश्य जरिवाना मात्रै गर्ने नभई चालकलाई जिम्मेवार र अनुशासित बनाउनु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक प्रहरीको उद्देश्य जरिवाना मात्रै काट्ने होइन, सभ्य चालक र ट्राफिक नियम पालना गर्ने संस्कार विकास गराउनु हो ।”

    ट्राफिक नियम उल्लङ्घनबाट हुने कारबाही तथा जरिवानाबाट चालकलाई सचेत गराउँदै सुरक्षित सडक यात्राको वातावरण निर्माण गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आजबाट सुरु भएको सो अभियानले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न तथा सवारी दुर्घटना न्यूनीकरण गर्नमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.