सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आर्थिक स्रोत सुनिश्चित नहुदा नारायणगढ–हेटौंडा–पथलैया सडक विस्तारको काम सुरु भएन


  •    न्युजभित्तो/१४ मंसिर २०७९, बुधबार १६:४३ 
  • काठमाडौं,१४  मंसिर।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणघाट–हेटौंडा– पथलैया सडक विस्तारमा ढिलाइ हुने देखिएको छ ।सडक विभागको प्राथमिकतामा रहेको सो खण्ड विस्तारका लागि लागि स्रोत सुनिश्चित हुन बाँकी रहेकाले काम थाल्ने मिति पछाडि धकेलिएको हो ।
    डीपीआर र स्रोत सुनिश्चितता बाँकी रहेकाले आगामी वर्षदेखि काम सुरु हुन सक्ने सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय (एसियाली विकास बैंक) का निर्देशक सुशीलबाबु ढकालले बताए । ‘विस्तारका लागि डिजाइन र डीपीआरको काम हुँदैछ । लागतको स्रोत सुनिश्चितता सम्झौता हुनै बाँकी छ,’ उनले भने ।

    सो खण्ड विस्तार अघि बढाउन २०७७ सालमै परामर्शदाता छनोट गरिएको थियो । ‘अबको तीन महिनाभित्रै सडक विस्तारको डिजाइन तयार हुनेछ,’ निर्देशक ढकालले भने, ’त्यसपछि मात्र यसको निर्माणको प्रक्रिया अगाडि बढाउन स्रोत सुनिश्चित हुनेछ ’

    उनका अनुसार यो सडक विस्तार गर्न एडीबीले लगभग ४०० मिलियन (५२ अर्ब रुपैयाँ) ऋण सहयोगमा गर्ने योजना छ । तर, हालसम्म स्रोत सुनिश्चित भइसकेको छैन । डीपीआर र डिजाइनहरु सबै तयार भएपछि लगानी र स्रोत सुनिश्चितताका प्रक्रिया अगाडि बढ्ने उनले बताए । ‘यसको अन्तिम लागत हालसम्म निकालिएको छैन,’ उनले भने, ‘डीपीआर र डिजाइनहरु सबै पास भएपछि मात्र अन्तिम लगानी थाहा हुन्छ ।’

    मुलुकका राजमार्गहरुमध्ये पथलैया–हेटौंडा– नारायणघाट खण्ड सबैभन्दा बढी सवारी चाप रहने सडक हो । यो खण्डको डिजाइन सकिनासाथ ठेक्का प्रक्रिया अघि बढाइने एडीबीको योजना रहेको ढकाल बताउँछन् । ‘तर यसमा सरकारले स्रोत सुनिश्चितता गर्नु आवश्यक छ। एडीबीसँग अन्तिम सम्झौता गरेपछि मात्र सडक निर्माणको प्रक्रिया तथा ठेक्का लगाउन बाटो खुल्छ,’ उनले भन े।

    सरकारले आर्थिक वर्षको बजेटमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणघाट–हेटौंडा–पथलैया––सडक खण्ड ४ लेनामा विस्तार गर्ने घोषणा गरेको थियो । पूर्व–पश्चिम राजमार्गको विस्तारको लागि भनेर सरकारले ३० अर्ब ५० करोड बजेट समेत विनियोजन गरेको छ ।

    सोही बमोजिम यसको लगानीको स्रोत सुनिश्चितता हुन बाँकी छ । यो सडक खण्डमा एडीबीले लगानी गर्ने गरी सडक विस्तार काम अगाडि बढाइएको ढकाल बताउँछन् ।

    गत साउनमा नै सडक विभागले पथलैया–हेटौंडा–नारायणघाट खण्डको क्षेत्राधिकार खाली गर्न प्रदेश सरकारको साझेदारीमा सूचना जारी गरेको थियो । त्यही अनुसार एडीबीले पनि साउन १७ अर्को सूचना जारी गरेको थिया े।

    प्रभावित भएका मनहरी गाउँपालिकाको ६, ७, ८, ९ र हेटौंडा उपमहानगरको १, ३, ४, ८, ९, १०, ११, १४, १५, १९ वडालाई सूचना जारी गरिएको थियो । यो सडक खण्ड बाराको पथलैयादेखि भरतपुरको गोन्द्रयाङसम्म १०४ किलोमिटर ४ लेनमा स्तरोन्नति गर्न लागिएको हो ।

    यस आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन गत भदौमा नै आइसकेको छ । डीपीआर बनाउने जिम्मा सुसङ इआरएमसी टेक स्टुडिओ अफ इन्जिनरिङले पाएको थिया े। २०७७ असोज १८ गते इन्जिनरिङ र सडक विभाग आयोजना निर्देशनलय (एडीबी) बीच सम्झौता भएको हो ।

    परामर्शदाताले १५ लाख ५७ हजार अमेरिकी डलरमा डीपीआरको जिम्मा दिएका थिए । सम्झौता बमोजिम परामर्शदाताले दुई वर्षभित्रमा डीपीआर तयार गरी निर्देशनालयलाई हस्तान्तरण गर्ने योजना थियो ।

    काँकडभिट्टा–लौकही १२० किमि, पथलैया–नारायणगढ १०४ किमि र बुटवल–गोरुसिंगे ४४ किलोमिटर सडकको डीपीआर तथा डिजाइन गर्न जिम्मा दिइएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत
    यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    • मानव अधिकार प्रवर्द्धनमा आयोगको भूमिकाको प्रशंसनीय: सभामुख अर्याल
    • मानव अधिकार संरक्षणको सुनिश्चित घरबाटै सुरुआत हुनुपर्छ: मुख्यमन्त्री आचार्य
    • दूध किसानलाई रु १२ करोड
    • आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.