सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरलाई सफा र विद्युत प्रणाली भरपर्दो बनाउने भन्दै सुरु गरेको तार भूमिगत गर्ने काम अत्यन्त सुस्त


  •    न्युजभित्तो/१३ मंसिर २०७९, मंगलवार १६:५१ 
  • चितवन, १३ मंसिर ।  नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरलाई सफा र विद्युत प्रणाली भरपर्दो बनाउने भन्दै सुरु गरेको तार भूमिगत (अण्डरग्राउण्ड केबलिङ) गर्ने काम अत्यन्त सुस्त भएको छ ।भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा तार भूमिगत गर्ने भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत भदौंमा हतारमा उद्घाटन गरेका थिए तर उद्घाटन भएको तीन महिना बितिसक्दा पनि काम सन्तोषजनक देखिएको छैन । भव्यरुपले महानगर अगाडि भरतपुर ओरालोमा गरिएको कामको उद्घाटनमा कार्यक्रममा प्रचण्डसहित, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले भरतपुर विकासको मोडल बनेको उद्घोष गरेका थिए । तार भूमिगत गर्न ठेक्का लागेको झण्डै एक वर्ष बितिसक्दा पनि परियोजनाको काम अलमलमा देखिन्छ ।

    साढे दुई वर्षमा सक्ने गरी निकालिएको ठेक्काको झण्डै एक वर्ष समय व्यतित भइसकेको छ । अहिले जिम्मा पाएको भारतीय टाटा कम्पनीले भूमिगत गर्न आवश्यक पर्ने पर्याप्त सामानहरु पनि ल्याउन सकेको छैन ।

    भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले ढिलासुस्ती भएपछि विद्युत् प्राधिकरणको प्रमुखलाई महानगरमा बोलाएर प्रक्रियाबारे जानकारी लिने काम भएको नारायणी अनलाइनलाई जानकारी दिए । आफ्ना तार भूमिगत गर्न सुरु गरेपछि पूर्वाधारको सह–प्रयोग गर्ने कम्पनीहरुसँग प्राधिकरणले प्रभावकारी ढंगले छलफल गरेको छैन ।

    भरतपुरमा तार बिछ्याउने कामका लागि टाटा कम्पनीलाई प्राधिकरणले दुई अर्ब ५८ करोड ६९ लाख ३८ हजार ३५२ रुपैयाँमा ठेक्का दिएको हो । दुई वर्षभित्र काम सक्ने गरी कम्पनीले भूमिगत वितरण लाइनको डिजाइन, आपूर्ति, जडान र किमिसनिङसम्मको कामका लागि यस्तो ठेक्का पाएको हो ।

    भरतपुरमा ३३ केभीको ९ सर्किट किलोमिटर, ११ केभीको ७५ सर्किट किलोमिटर,४०० केभीको ७० सर्किट किलोमिटर र २८ किलोमिटर अप्टिकल फाइबर भूमिगत गर्न ठेक्का लागेको थियो । पहिलो चरणमा रिंगरोड क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गरिने भनिए पनि काम सुरु भएको छैन । नारायणगढको पुलचोकदेखि आँपटारी, आँपटारीदेखि केन्द्रीय बस टर्मिनल तथा केन्द्रीय बस टर्मिनलदेखि पुलचोकसम्म पहिलो चरणमा भूमिगत हुने बताइएको थियो ।

    तार भूमिगत गर्न र त्यसक्रममा भत्किने सडक पुर्नस्थापना गर्ने प्राधिकरणले सडक विभागसँग समझदारी गरिसकेको छ । यो काम गर्दा सकेसम्म सडक कम भत्काउन प्रयास हुने प्राधिकरणले बताएको छ । त्यसकै लागि पहिलोपटक सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गरिएको छ । सडक खन्दा सर्वसाधारणले धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइएको प्राधिकरणले बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.