सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरलाई सफा र विद्युत प्रणाली भरपर्दो बनाउने भन्दै सुरु गरेको तार भूमिगत गर्ने काम अत्यन्त सुस्त


  •    न्युजभित्तो/१३ मंसिर २०७९, मंगलवार १६:५१ 
  • चितवन, १३ मंसिर ।  नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरलाई सफा र विद्युत प्रणाली भरपर्दो बनाउने भन्दै सुरु गरेको तार भूमिगत (अण्डरग्राउण्ड केबलिङ) गर्ने काम अत्यन्त सुस्त भएको छ ।भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा तार भूमिगत गर्ने भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत भदौंमा हतारमा उद्घाटन गरेका थिए तर उद्घाटन भएको तीन महिना बितिसक्दा पनि काम सन्तोषजनक देखिएको छैन । भव्यरुपले महानगर अगाडि भरतपुर ओरालोमा गरिएको कामको उद्घाटनमा कार्यक्रममा प्रचण्डसहित, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले भरतपुर विकासको मोडल बनेको उद्घोष गरेका थिए । तार भूमिगत गर्न ठेक्का लागेको झण्डै एक वर्ष बितिसक्दा पनि परियोजनाको काम अलमलमा देखिन्छ ।

    साढे दुई वर्षमा सक्ने गरी निकालिएको ठेक्काको झण्डै एक वर्ष समय व्यतित भइसकेको छ । अहिले जिम्मा पाएको भारतीय टाटा कम्पनीले भूमिगत गर्न आवश्यक पर्ने पर्याप्त सामानहरु पनि ल्याउन सकेको छैन ।

    भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले ढिलासुस्ती भएपछि विद्युत् प्राधिकरणको प्रमुखलाई महानगरमा बोलाएर प्रक्रियाबारे जानकारी लिने काम भएको नारायणी अनलाइनलाई जानकारी दिए । आफ्ना तार भूमिगत गर्न सुरु गरेपछि पूर्वाधारको सह–प्रयोग गर्ने कम्पनीहरुसँग प्राधिकरणले प्रभावकारी ढंगले छलफल गरेको छैन ।

    भरतपुरमा तार बिछ्याउने कामका लागि टाटा कम्पनीलाई प्राधिकरणले दुई अर्ब ५८ करोड ६९ लाख ३८ हजार ३५२ रुपैयाँमा ठेक्का दिएको हो । दुई वर्षभित्र काम सक्ने गरी कम्पनीले भूमिगत वितरण लाइनको डिजाइन, आपूर्ति, जडान र किमिसनिङसम्मको कामका लागि यस्तो ठेक्का पाएको हो ।

    भरतपुरमा ३३ केभीको ९ सर्किट किलोमिटर, ११ केभीको ७५ सर्किट किलोमिटर,४०० केभीको ७० सर्किट किलोमिटर र २८ किलोमिटर अप्टिकल फाइबर भूमिगत गर्न ठेक्का लागेको थियो । पहिलो चरणमा रिंगरोड क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गरिने भनिए पनि काम सुरु भएको छैन । नारायणगढको पुलचोकदेखि आँपटारी, आँपटारीदेखि केन्द्रीय बस टर्मिनल तथा केन्द्रीय बस टर्मिनलदेखि पुलचोकसम्म पहिलो चरणमा भूमिगत हुने बताइएको थियो ।

    तार भूमिगत गर्न र त्यसक्रममा भत्किने सडक पुर्नस्थापना गर्ने प्राधिकरणले सडक विभागसँग समझदारी गरिसकेको छ । यो काम गर्दा सकेसम्म सडक कम भत्काउन प्रयास हुने प्राधिकरणले बताएको छ । त्यसकै लागि पहिलोपटक सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गरिएको छ । सडक खन्दा सर्वसाधारणले धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइएको प्राधिकरणले बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.