सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अझै पनि टुकीमै पढ्छन् चितवनका चेपाङ बालबालिका


  •    न्युजभित्तो/१२ मंसिर २०७९, सोमबार १६:५४ 
  • चितवन, १२ मङ्सिर।  ईच्छाकामना गाउँपालिका-१ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने इच्छाकामना र कालिका नगरपालिकाका पहाडी भेगका कतिपय गाउँ अहिले पनि टुकिकै भर छ ।ईच्छाकामना गाउँपालिका-१ र २ का धेरैजसो भूभागमा विद्युत् पुगेको छैन । वडा नं ३, ४, ५ र ६ का केही भागमासमेत विद्युत् पुग्न सकेको छैन । वडा नं १ को छाप्राङ, भाराङ, ज्यान्दालालगायतका ठाउँका बासिन्दा टुकिकै भरमा छन् । वडा नं २ का डुम्किन, भोटेगाउँ, हपनी, माथिल्लो काउले जस्ता भागमा पनि बिजुली छैन ।

    कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का धेरै भागमा विद्युत् पुग्न बाँकी छ । वडा नं ८ को बुङ्गखोला क्षेत्रमा पनि बिजुली पुगेको छैन । भरतपुर महानगरपालिका-२९ का केही घरमा अझै बिजुली पुगेको छैन ।

    ईच्छाकामना गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको सामुदायिक विभागले विसं २०७५ साल कात्तिक १२ गते बोलपत्र आह्वान गरी काम लगाएको भए पनि ठेकेदारले काम नगर्दा परियोजना अलपत्र छ । विभागका निर्देशक विक्रम अमात्य दुई वर्षको मिति सक्किएपछि जनमुखी कन्स्ट्रक्सन–बागमती कङ्क्रिट जेभीलाई कारबाही प्रक्रिया अगाडि बढाएकोमा अदालत पुगेका कारण काम रोकिएको बताउनुहुन्छ ।

    अदालतको फैसला कुर्नु परेकाले काम हुन नसकेको उहाँको भनाइ छ । ठेक्का आयोजना रु पाँच करोड सात लाखमा सकारेको कम्पनीले एक सय २० थान पोल झार्ने बाहेक केही काम नगरेपछि ठेक्का रद्द गरिएको छ । पत्र बुझ्नु अघि नै अदालत गएपछि काम रोकिएको अमात्य बताउनुहुन्छ ।

    उक्त मुद्दाको पेशी मङ्सिर २० मा परेकाले यसपछि विकल्पको खोजी गरिने अमात्यको भनाइ छ । कालिका नगरपालिकामा विद्युतीकरणका लागि रत्ननगर वितरण केन्द्रले काम गरिरहेको छ । इञ्जिनियर विक्रम श्रेष्ठ मजदूरका लागि ठेकेदार कम्पनीलाई जिम्मा दिइएको भए पनि प्राधिकरणले सामान दिन नसक्दा समस्या भएको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.