सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा महिलालाई बलात्कार गरी हत्या गरेको आराेपमा दुई पक्राउ


  •    न्युजभित्तो/७ मंसिर २०७९, बुधबार १९:५७ 
  • चितवन, ७ मंसिर । बलात्कार गरी महिलाकाे हत्या गरेकाे आराेपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । गाेरखा सिरानचाेक ठेगाना भएका हाल भरतपुर महानगरपालिका-२ तिनखाेले बस्ने २३ वर्षीय सन्दिप गुरूङ र सोही स्थानका विजय परियार पक्राउ परेका हुन।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार निर्वाचनकाे दिन आइतबार बिहान ६ बजेतिर भरतपुर-२ दुर्गामन्दिर चाेककाे प्रतिक्षालय पछाडि हाट बजार लाग्ने कम्पाउण्डसहितकाे चाैरमा ५५/६० वर्षकाे महिलाकाे शव फेला परेकाे थियाे । अवस्था हेर्दा हत्या गरेकाे आशंका बढेपछि प्रहरीले स्थानीयसँग साेधपुछ र ती ठाउँमा जडान भएका सीसी क्यामेराका फुटेज हेरेर घटनामा संलग्न भएका हुन सक्ने व्यक्तिकाे पहिचान गरेकाे हाे ।

    प्रहरीले पहिला सन्दिपलाई नियन्त्रणमा लिएको थियो । उनैसँग साेधपुछ गरेपछि विजयलाई भरतपुरकाे क्षेत्रपुरबाट नियन्त्रणमा लिएकाे डीएसपी पण्डितले बताए । साेधपुछकाे क्रममा दुईजनाले महिलालाई जबर्जस्ती करणी गरेकाे र पछि ढुंगाले हानेर हत्या गरेकाे डीएसपी पण्डितकाे भनाइ छ । महिलालाई प्रहार गरेकाे ढुंगाे र अन्य प्रमाणहरू पनि प्रहरीले संकलन गरेकाे छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.