सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाट र नारायणी किनारमा सतविज छर्नेको घुइँचो


  •    न्युजभित्तो/६ मंसिर २०७९, मंगलवार १०:५३ 
  • चितवन, ६ मंसिर । आज बालाचर्तुदशी पर्व । दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै आज बिहानैदेखि देवघाटधाम र नारायणी नदी किनारमा सतविज छर्नेको घुइँचो लागेको छ । सदविज छर्न श्रद्धालु भक्तजनहरुको सोमबार रातिदेखि नै देवघाटमा भीड लागेको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीका अनुसार राति दीपप्रज्वलन गरेर बस्नेको संख्या पाँच हजार बढि थियो । भक्तालुहरु रातभर जाग्राम बसी दिप प्रज्वलन गरेका छन् । रातिदेखि बस्ने र बिहानै देबघाट पुग्नेको भीड लागेको छ । मठ, मन्दिर र धर्मशाला भक्तजनहरुले भरिएका छन् ।यसबर्षदेखि देवघाट क्षेत्र विकास समितिले सद्बीज छर्नका लागि मणि मुकुन्देश्वर चक्रवर्ती मन्दिर परिसरमा सत्बीज मार्ग निर्माण गरेको छ । यस्तै सत्बीज छर्न आउने भक्तजनहरुलाई समितिले निःशुल्क चियाको समेत व्यवस्था गरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

    सद्बीजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ । आजका दिन देवघाटधामको त्रिशुली र कालीगण्डकीको संगम वेणिमा सदविज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको देवघाट क्षेत्र विकास समितका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । देवघाटमा पितृको नाममा रातभर बत्ती बालेर जागराम बस्नुका साथै बिहान गंगा स्नान गरेर सदविज छरेपछि पितृको उद्धार हुने र आफुलाई पनि फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ ।

    गतबर्षको तुलनामा यसबर्ष सतविज छर्न देवघाट आउने भक्तजनको सङख्या उल्लेख्य बृद्धि भएको अध्यक्ष अधिकारीले बताउनुभयो । बर्षेनी देवघाटधाम तीर्थको महत्व बढ्दै गएको उहाँको भनाई छ । चितवन, तनहुँ, नवलपुर, मकवानपुर लगाएत देशका विभिन्न जिल्लाबाट भक्तजनहरु देवघाटमा स्नानका लागि आउने गरेका छन् । देवघाट क्षेत्र विकास समितिले सतविज छर्न आउने भक्तजनलाई मध्यनजर गर्दै खानेपानी, वत्ती, प्राथमिक स्वास्थ्य, सुरक्षा लगाएतको प्रवन्ध गरेको जनाएको छ ।

    फोटो -प्रतिमा कुमाल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.