होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघमा नयाँ नेतृत्व
न्युजभित्तो/२६ कार्तिक २०७९, शनिबार १६:०१
भरतपुर, २६ कार्तिक। होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघको सातौं अधिवेशन आज शनिबार विद्यालयमा सम्पन्न भएको भयो । अधिवेशनले पुनः प्रेमकुमार गैरेको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको सदस्यहरुमा जयनारायण सापकोटा, प्रेमप्रसाद शर्मा, धनबहादुर कार्की, बीरबहादुर न्यौपाने, जीवन खरेल, गोकुल भण्डारी, लिला खरेल कँडेल र सङ्कल्प अंगलाई पराजुली रहनुभएको छ । समितिको पदाधिकारी र सल्लाहकार पहिलो बठकबाट चयन गरिने छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडीले विद्यालयको समग्र विकासमा अभिभावकहरुको महत्वपूर्ण योगदान रहेको जनाउँदै अभिभावकहरुले विद्यालयलाई निरन्तर सल्लाह र सुझाव दिनुपर्ने आवश्यकता औंल्याउँनुभयो।
शिक्षक अभिभावक संघ होली भिजन पब्लिक स्कुलका अध्यक्ष प्रेमकुमार गैरेको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा विद्यालयका प्राचार्य मीनराज बस्ताकोटी, विद्यालयका माध्यमिक तह प्रमुख वेगनाथ गैरे, बिष्णुभक्त न्यौपाने, गोपाल चालिसे, बाबुराम भट्ट, मीना मिश्रलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको समापनको अवसरमा विद्यालयका प्राचार्य मीनराज बस्तकोटीले विगतमा शिक्षक अभिभावक संघले गरेको अतुलनीय योगदानप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि रचनात्मक सल्लाह सुझावको अपेक्षा गर्नुभएको थियो।