सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा रक्तदानदेखि रंगोली प्रतियोगितासम्म


  •    न्युजभित्तो/२६ कार्तिक २०७९, शनिबार १३:४५ 
  • चितवन, २६ कात्तिक । कामना सेवा विकास बैंकले आफ्नो १६ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । बैंकको नारायणगढ क्षेत्रीय कार्यालय अन्तर्गतका शाखाहरुले वित्तीय साक्षरता, सरसफाई, रंगोली प्रतियोगिता, बालबालिकासँग खुशी साटासाट, रक्तदनान लगायतका कार्यक्रम गरेर १६ औं वार्षिकोत्सव मनाएको हो ।

    बैंकका क्षेत्रीय प्रमुख शिवकुमार ढकालका अनुसार आज शनिबार नारायणगढ शाखा परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १०७ जनाले रक्तदान गरेको छन् ।

    कात्तिक २१ गते नवलपरासीको दलदले, चितवनको ज्योतिनगर, खैरहनी, पदमपुर र अमृतचोक शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन् । 

    कात्तिक २२ गते सबै शाखाको सहभागितामा पवित्र तीर्थस्थल देवघाटधामको गलेश्वर आश्रम परिसर सरसफाई गरिएको छ ।

    कात्तिक २४ गते खुशी साटासाट कार्यक्रम अन्तर्गत विकास चोक शाखाले राईज अफ अर्फान चिल्ड्रेन होम भरतपुर र नारायणगढ शाखाले सहाराको घर भरतपुरमा रहेका बालबालिकासँग केक काटेर छन् । बालबालिकाहरुलाई केक र चक्लेट वितरण गर्दै खुशीयाली साटासाट गरिएको ढकालले जानकारी दिनुभयो ।

    कात्तिक २५ गते बैंकका यस क्षेत्र अन्तर्गतका १८ वटा शाखा कार्यालयबीच रंगोली प्रतियोगिता गरिएको छ । सबै शाखाले आआफ्नो कार्यालयमा बैंकको लोगो, वार्षिकोत्सव, सेवाहरु झल्किने गरी रंगोली तयार गरेका थिए । उक्त प्रतियोगिताको नतिजा भने प्रकाशित भईनसकेको ढकालको भनाई छ ।

     

    नवलपरासीको दाउन्नेदेखि चितवन हुँदै हेटौंडासम्मका शाखा नारायणगढ क्षेत्रीय कार्यालय अन्तर्गत पर्दछन् । कामना सेवा विकास बैंकका ७७ जिल्लामा १३५ शाखा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.