सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको पुलचोक-गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकियो


  •    न्युजभित्तो/२५ कार्तिक २०७९, शुक्रबार १३:१२ 
  • चितवन,कात्तिक २५।  भरतपुरमा निर्माणधिन पुलचोक–गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकिएको छ । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर–हेटौँडा खण्डको उक्त सडकको काम अहिले ५० प्रतिशत सकिएको हो ।
    सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलका अनुसार ६ लेन सडकको गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलसम्म पहिलो र दोस्रो चरणको काम सम्पन्न भइसकेको छ ।यस्तै हाकिमचोकदेखि चौविसकोठीसम्म सब बेस निर्माणको कार्य धमाधम भइरहेको छ । चौबिसकोठीदेखि पुलचोकसम्म ड्रेनको काम अघि बढेको छ । ‘आगामी फागुनसम्म निर्माण सम्पन्न हुनुपर्ने हो, तर केही नयाँ काम थपिएकाले समय थप गर्नुपर्ने देखिएको छ’, उहाँले भने, ‘कंक्रिटिङको काम थप भएको छ । यस्तै पर्खाल पनि थप भएको छ भने सानो ड्रेनलाई ठूलो बनाउनुपर्ने भएकाले तोकिएको समय निर्माण सम्पन्न नहुने सम्भावना छ ।’

    आगामी फागुन ११ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने गरी इन्डो सगुन जेभीसँग सम्झौता गरिएको सडक विस्तारको काम अझै ५० प्रतिशत बाँकी काम युद्धस्तरमा अगाडि बढने प्रमुख पौडेलले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ६ लेन सडकलाई गुणस्तरीय र तोकिएको मितिमा सम्पन्न गर्न अनुगमन गर्ने काम भइरहको जानकारी दिनुभयो । यो सडक मूख्य राजमार्गमा पर्ने भएकाले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको उहाँको भनाई छ ।

    भरतपुर महानगरपालिमा पर्ने ६.०८ किलोमिटर सडक विस्तारले यहाँको सवारी चाप कम हुनेछ । नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी ६ लेन बनाउने काम सरु भएको हो । जम्मा २८ महिनाभित्र विस्तार गर्नुपर्ने सडकको लागत १ अर्ब १२ करोड छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.