सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको पुलचोक-गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकियो


  •    न्युजभित्तो/२५ कार्तिक २०७९, शुक्रबार १३:१२ 
  • चितवन,कात्तिक २५।  भरतपुरमा निर्माणधिन पुलचोक–गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकिएको छ । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर–हेटौँडा खण्डको उक्त सडकको काम अहिले ५० प्रतिशत सकिएको हो ।
    सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलका अनुसार ६ लेन सडकको गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलसम्म पहिलो र दोस्रो चरणको काम सम्पन्न भइसकेको छ ।यस्तै हाकिमचोकदेखि चौविसकोठीसम्म सब बेस निर्माणको कार्य धमाधम भइरहेको छ । चौबिसकोठीदेखि पुलचोकसम्म ड्रेनको काम अघि बढेको छ । ‘आगामी फागुनसम्म निर्माण सम्पन्न हुनुपर्ने हो, तर केही नयाँ काम थपिएकाले समय थप गर्नुपर्ने देखिएको छ’, उहाँले भने, ‘कंक्रिटिङको काम थप भएको छ । यस्तै पर्खाल पनि थप भएको छ भने सानो ड्रेनलाई ठूलो बनाउनुपर्ने भएकाले तोकिएको समय निर्माण सम्पन्न नहुने सम्भावना छ ।’

    आगामी फागुन ११ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने गरी इन्डो सगुन जेभीसँग सम्झौता गरिएको सडक विस्तारको काम अझै ५० प्रतिशत बाँकी काम युद्धस्तरमा अगाडि बढने प्रमुख पौडेलले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ६ लेन सडकलाई गुणस्तरीय र तोकिएको मितिमा सम्पन्न गर्न अनुगमन गर्ने काम भइरहको जानकारी दिनुभयो । यो सडक मूख्य राजमार्गमा पर्ने भएकाले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको उहाँको भनाई छ ।

    भरतपुर महानगरपालिमा पर्ने ६.०८ किलोमिटर सडक विस्तारले यहाँको सवारी चाप कम हुनेछ । नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी ६ लेन बनाउने काम सरु भएको हो । जम्मा २८ महिनाभित्र विस्तार गर्नुपर्ने सडकको लागत १ अर्ब १२ करोड छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.