सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा तीन महिनामा १०६ सवारी दुर्घटना, २२ जनाको मृत्यु


  •    न्युजभित्तो/२४ कार्तिक २०७९, बिहीबार १५:१९ 
  • चितवन, कात्तिक २४।  चितवनमा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयकाअनुसार गत साउनदेखि असोजसम्ममा भएको १०६ दुर्घटनामा २२ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १८पुरुष र चार महिला रहेका छन् । २१७ घाइते भएका छन् । कारबाहीमा पर्नेमा सिट क्षमताभन्दा बढी यात्रु राखेर चलाउने ४०७ जना, कागजपत्र साथमा नबोकेका २० हजार ३९८ जना, तीव्र गतिमा सवारी चलाउने १०१ जना, लाइसेन्स नभएका एक हजार ५१७ जना, सिट बेल्ट हेल्मेट नलगाएका ४२० जना रहेका छन् । दुर्घटनामा १०६ सवारीसाधन परेको कार्यालयको तथ्याङ्कले जनाएको छ । ती दुर्घटनामा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेको र २५ देखि ४० वर्ष उमेर समूहको धेरै भएको कार्यालयका प्रहरी सहायक हवल्दार घनश्याम चौधरीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

    साउन महिनादेखि असोज महिनासम्मको तथ्थाङ्क हेर्दा चाडपर्वका कारण सवारी दुर्घटना कम भएको उहाँले बताउनुभएको छ । चाडपर्वका कारण सवारी साधन कम चलाउने भएकाले दुर्घटनामा कमी आएको उहाले बताउनुभएको हो । ट्राफिक कार्यालयका अनुसार चितवनमा गत तीन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई गरिएको कारबाहीबाट चार लाख ६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.